२०८३, ११ कार्तिक बुधबार

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु


डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा एक किशोरको मृत्यु भएको छ।

परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा १७ वर्षीय सुवास महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार दुई किशोर बन्दुक समातेर फोटो खिच्ने क्रममा अचानक बन्दुक पड्किँदा महरा गम्भीर घाइते भएका थिए। बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका महरा दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए।

बन्दुक पड्किएपछि गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। तर अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, २६ फाल्गुन बुधबार  ९ : ३० बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव