२०८३, २० आश्विन बुधबार

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द


काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार हाल दैनिक औसतमा डेढ दर्जनभन्दा बढी उडान रद्द भइरहेका छन्। यसले आगमन र प्रस्थानतर्फका ३० भन्दा बढी उडान प्रभावित भएका छन्। सोमबार जजिरा एयरवेज को कुवेत–काठमाडौं–कुवेत रुटका दुई उडान रद्द भएका छन्। त्यस्तै एयर अरेबिया को सारजहाँ–काठमाडौं–सारजहाँ उडान पनि रद्द भएको छ। त्यसैगरी फ्लाइ दुबई को दुबई–काठमाडौं–दुबई रुटका तीन तथा दोहा रुटको एक उडान रद्द भएको छ।

नेपाल एयरलाइन्स को काठमाडौं–दोहा–काठमाडौं र काठमाडौं–दुबई–काठमाडौं उडान पनि रद्द भएका छन् भने कतार एयरवेज को दोहा–काठमाडौं–दोहा उडान पनि प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। यस्तै हिमालय एयरलाइन्स को काठमाडौं–दोहा–काठमाडौं र काठमाडौं–दमाम–काठमाडौं उडान पनि रद्द भएका छन्। खाडी क्षेत्रमा बढ्दो सुरक्षा तनावका कारण नेपालबाट हुने उडानहरू निरन्तर प्रभावित भइरहेका छन्।

प्रकाशित मिति : २०८२, २४ फाल्गुन सोमबार  ७ : ३८ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय