२०८२, २४ फाल्गुन सोमबार

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै


काठमाडौं । राष्ट्रिय सभा का नवनिर्वाचित सदस्यहरूले आज शपथ लिने भएका छन्। संघीय संसद सचिवालय का अनुसार दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ।

संसद सचिवालयले एक सूचना जारी गर्दै शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सदस्यहरूलाई कम्तीमा एक घण्टा अगाडि नै उपस्थित हुन तथा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा आउन आग्रह गरेको छ।

गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचन २०८१ बाट १८ जना सदस्य निर्वाचित भएका छन्। राष्ट्रियसभामा भने अझै एक जना सदस्य नेपालका राष्ट्रपति बाट मनोनीत हुन बाँकी रहेको छ।

यस निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी बीच तालमेल भएको थियो भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक्लै चुनावी मैदानमा उत्रिएको थियो।

प्रकाशित मिति : २०८२, २४ फाल्गुन सोमबार  १२ : २६ बजे

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै

काठमाडौं । राष्ट्रिय सभा का नवनिर्वाचित सदस्यहरूले आज शपथ लिने