२०८२, २२ फाल्गुन शनिबार

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि


सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंह ले सुरुदेखि बनाएको अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार सिंहले १६ हजार २२७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उम्मेदवार गगन कुमार थापा ले ९ हजार ६७४ मत प्राप्त गरेका छन्। यसअनुसार सिंह थापाभन्दा ६ हजार ५५३ मतले अगाडि रहेका छन्।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार अमनिश कुमार यादव ले ३ हजार २६२ मत प्राप्त गरेका छन्। यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार रजनिश राय ले ७ सय ३ मत प्राप्त गरेका छन्।

सर्लाही–४ मा मतगणना जारी रहेको र अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८२, २२ फाल्गुन शनिबार  २ : ०९ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै