२०८२, २२ चैत्र सोमबार

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ।

कर्जा सूचना केन्द्रको विवरणअनुसार उनलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको थियो र हालसम्म पनि उक्त सूचीमा नाम कायम रहेको जनाइएको छ। केन्द्रको अभिलेखमा उनको नाम कालोसूचीको ८९६३५ नम्बरमा उल्लेख छ।

०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट उम्मेदवार बनेर निकटम प्रतिस्पर्धी भएका थिए। यस पटक भने उम्मेदवारी मनोनयनको अघिल्लो दिन रास्वपामा प्रवेश गरेका साहलाई पार्टीले प्रवेशलगत्तै उम्मेदवार बनाएको थियो।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले कलवार कालोसूचीमा रहे/नरहेको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

उता निर्वाचन आयोग नेपाल का कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, “उहाँको विषयमा अहिलेसम्म आयोगमा कुनै उजुरी आएको छैन। उजुरी आएमा आवश्यक निर्णय गरिनेछ।”

निर्माण व्यवसायमा संलग्न कलवारमाथि ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको आरोपसमेत लाग्दै आएको छ। यद्यपि, यी आरोपबारे औपचारिक पुष्टि हुन बाँकी छ।

आगामी निर्वाचनको सन्दर्भमा उम्मेदवारको आर्थिक र कानुनी पृष्ठभूमिबारे उठेका प्रश्नले राजनीतिक वृत्तमा थप चर्चा सिर्जना गरेको छ।

प्रकाशित मिति : २०८२, १९ फाल्गुन बुधबार  ५ : ३१ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर