भक्तपुर,१८ फागुन । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भक्तपुर दरबारस्क्वायरमा आगजनी गर्न खोज्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हुन भन्दै एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । त्यो भिडियोमा अहिले रास्वपाका भक्तपुरका नेता एवं भक्तपुर क्षे नं. १ का उम्मेदवार रुकेश रंजित प्रहरीलाई ढड्गा हान्न र आगजनी गर्न निर्देशन दिइरहको भन्दै सामाजिक सञ्जालमा भाइरल भएका छन् । भक्तपुर उद्योग वाणिज्य महासंघका महासचिव समेत रहेका र सामाजिक सस्था लायन्स क्लबका एक शाखाको प्रिसिड्न्ट समेत भइसकेका सामाजिक व्यक्तिको रुपमा परिचित भएका रंजित देश भत्काउन र आगो लगाउन निर्देशन दिने व्यक्ति भन्दै आलोचना भएको छ ।
एक ताका एमालेका नेता समेत भएका उनी एमालेबाट फाइदा लिन नसक्ने भए पछि रास्वपा प्रवेश गरेका उनका बारेमा सामाजिक सञ्जालमा नेकपाका नेता नेता देवेन्द्र श्रेष्ठ लेख्छन् कि भाद्र २४ गते वेलकम टु भक्तपुर पेजले एउटा भिडियो सार्वजनिक गर्दै लेखेको छ, भक्तपुर १ का रा.स्व.पा, उम्मेदवार रुकेश रंजित भाद्र २४ गते भक्तपुरमा शुरुमा ढुङ्गामुढा र आगजनी गर्न अग्रपंक्तिमा देखिएका छन् । उनी आफैले पनि प्रहरीलाई ढुंगा हानेका छन् । हेर्नुहोस् रातो घेरामा । के यस्ता अराजक उम्मेद्वारलाई भोट हाल्ने हो त भक्तपुरले ??? यो भिडिया र प्रश्नले हंगामा मच्चाएको छ ।
भक्तपुर दरबार एरिया तिरबाट जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका सरकारी भबन ध्वस्त बनाउन आएकाहरु जसले संम्पदा क्षेत्रको इटा फुटाएर प्रहरीहरुलाइ प्रहार गरे । जसले केही ध्वस्त गर्न नसके पछि सार्वजनिक शौचालयमा आगो लगाए । संयोगले ५५ झ्याले दरबारमा त्यो आगो सलकेन । यो कु कार्यमा सहभागी सबै को यकिन गरौं । प्राय सबै घन्टी पार्टी कै जस्ता देखिन्छन्, अझै घण्टीमा मत दिएर यीनलाइ प्रोत्साहित गर्ने हो ?
सामाजिक सञ्जालमा प्रकाश लामिछाने लेख्छन् , आवाज ठूलो, एजेन्डा खोक्रो—घण्टी बज्छ, काम चाहिँ बज्दैन, ”तेसैले ढुक्क साथ सुर्यमा भोट ।
एमालेका सक्रिय नेता महेश मर्नकर्मीले बोकेका एमालेको झण्डा रहेको तस्विरमा रुकेश रंजित देखिएको फोटो राखे पछि महेश मुनंकर्मी भन्छन् , यो फोटोमा रुकेश जी सङ्गै बसेको पात्र म महेश मुनंकर्मी हु। हामी धेरै ठाउँमा सङ्गै हिडेको छु, तर आज सैद्धान्तिक रुपमा रुकेश जी अर्कै ठाउँमा जानू भयो र म पुरानै जनताको पार्टी बिकास वादी पार्टी, देश भक्त पार्टी नेकपा एमालेमा नै कुनै पनि पदको लोभ लालच नगरी लागी रहेको छु। सामाजिक सञ्जालमा रुकेश माथि लागेको गम्भिर आरोपमा भने उनले रातीसम्म केही लेखेका छैनन्।







प्रतिक्रिया