भक्तपुर, । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका नवीनकुमार महतले आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गर्दै महेश बस्नेतलाई समर्थन गर्नु भएको छ ।
नेकपा एमालेले सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार बिरुवामा आयोजना गरेको घरदैलो कार्यक्रममा उम्मेदवार महतले एमाले पार्टी प्रवेश गर्दै आफ्नो उम्मेदवारी फिर्ताको घोषणा सहित एमाले उम्मेदवार महेश बस्नेतलाई विजयी गराउँन आव्हान गर्नु भएको छ ।
नेपाल एकता पार्टीका सस्थापक प्रवक्ता समेत रहिसक्नु भएको महतलाई एमाले केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. २ का एमाले उम्मेदवार महेश बस्नेतले घरदैलो कार्यक्रममा महतलाई पार्टीमा स्वागत गर्दै टीका, माला र खादा लगाएर स्वागत गर्नुभयो ।
एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, प्रदेश कमिटीका नेता शशीजंग थापा, एमाले नेता राजेन्द्र राजथला, एमाले जिल्ला उपाध्यक्ष किरण थापालगायतका जिल्लास्तरीय नेताले महतलाई एमालेमा स्वागत गर्नु भएको थियो ।
एमाले पार्टी प्रवेश गरि उम्मेदवारी फिर्ता गरेसंगै नेता महतले भन्नुभयो, “देश र जनताको लागि, राष्ट्र र राष्ट्रियताका लागि देश र भक्तपुर जिल्लाको विकास एवं समृद्धिका लागि महेश बस्नेतको अपरिहार्यता देखियो, त्यसैले मेरो उम्मेदवारी आजैका मितिबाट फिर्ता लिएर म र मेरो समर्थकका सबै मतदातालाई महेश बस्नेतलाई मतदान गरि अत्याधिक मतले विजयी गराउन आव्हान गर्दछु ।”
क्यामरा मत चिन्ह लिएर निर्वाचनमा आउनु भएका महतले अब क्याम।ामा मतदान नगरी सूर्यमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले आजको घरदैलोमा समेत एमाले उम्मेदवार महेश बस्नेतलाई मत माग्दै र्यालीमा सहभागिता जनाउनु भएको थियो ।
स्वतन्त्र उम्मेदवार नवीनकुमार महत र महेश बस्नेत तथा महत र एमाले जिल्ला उपाध्यक्ष किरण थापाबीच भएको छलफल साँझ सहमति बनेको हो । राजनीतिक विश्लेषकहरूको दृष्टिमा, यो वार्ता केवल व्यक्तिगत सहमति नभई रणनीतिक समझदारीको संकेत भएको भन्दै नवीनकुमार महतले बारम्बार “व्यक्तिगत स्वार्थभन्दा राजनीतिक एजेन्डा महत्वपूर्ण” मान्दै आएकै कारण एमाले सचिव महेश बस्नेतलाई समर्थन गरेको बताईएको छ ।
उहाँले पनि विकास र समृद्धिका लागि महेश बस्नेतका अवश्यकता महसुर गरि आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गर्दै एमाले उम्मेदवार महेश बस्नेतलाई विजयी गराउन आव्हान गर्न भएका थियो ।
देश विकासका लागि सामरिक एकता आवश्यक रहेको बताउदै आएका महतसंगको एकता र समर्थनले भक्तपुर–२ मा चुनावी समीकरण निर्णायक मोडमा पुग्न देखिएको छ । विशेषगरी पूर्वसैनिक पृष्ठभूमि भएका तथा अनुशासित, इमान्दार छवि बनाएका युवा नेताका रूपमा उहाँले निर्माण गरेको आधारले एमालेको मत आधार थप नेता महतले बताउनुभयो । सैनिक तथा पूर्वसैनिक परिवारहरूको समर्थन रहने भएको छ । “क्यामेरा” चुनाव चिन्ह र एमालेबीच सहकार्य भएमा जीततर्फ उन्मुख हुने सम्भावना बलियो बन्ने चर्चा चलिरहेको छ ।
यसअघि यही फागुन ६ गते बालकोटको घरदैलो कार्यक्रममा आगामी निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा संयुक्तबाट उम्मेदवारी दिनुभएका लोककृष्ण दाहाल अर्थात (एलके दाहाल) पनि नेकपा एमालेमा प्रवेश गर्दै आफ्नो उम्मेदवारी फिर्ताको घोरणा गर्दै एमाले उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गर्नुभएको थियो ।







प्रतिक्रिया