२०८३, ११ कार्तिक बुधबार

कसैसँग चुनावी तालमेल गर्दैनौँ, छलफल पनि भएको छैन : प्रचण्ड

कसैसँग चुनावी तालमेल गर्दैनौँ, छलफल पनि भएको छैन : प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ले आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पारेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यसपटक पार्टी आफ्नै एजेन्डा र जनआधारको बलमा चुनावमा जाने बताए। “हामी आफ्नै पार्टी र जनताको बलमा निर्वाचनमा जान्छौँ, यो कुरा पहिलो दिनदेखि नै भन्दै आइरहेका छौँ,” उनले भने, “तर मिडियामा विभिन्न समीकरण बन्नेबारे चर्चा भइरहेको छ, जसको हामीले निरन्तर खण्डन गर्दै आएका छौँ।”

प्रचण्डले भदौ २३ गतेको घटनामा संलग्न जिम्मेवार दल र भदौ २४ गते विध्वंस मच्चाउने शक्तिसँग कुनै प्रकारको सहकार्य नहुने स्पष्ट गरे। केही निर्वाचन क्षेत्रमा सिट छाड्ने वा समझदारी गर्ने भन्ने चर्चामा कुनै सत्यता नरहेको पनि उनले दाबी गरे।

उनका अनुसार नेकपा आफ्नै शक्ति र कार्यक्रमसहित चुनावमा होमिएको छ। नेपाली कांग्रेस वा नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग मिलेर महागठबन्धन गर्ने कुनै सम्भावना नरहेको उनले प्रष्ट पारे।

प्रकाशित मिति : २०८२, १३ फाल्गुन बिहीबार  ५ : ४८ बजे

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल

एन्फा विवादमा नयाँ मोड : कार्यालयको ताला खुल्यो, १३ गते बैठकको तयारी

काठमाडौं । लामो समयदेखि विवाद र गतिरोधमा फसेको अखिल नेपाल

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३