२०८३, ३० भाद्र बुधबार

कसैसँग चुनावी तालमेल गर्दैनौँ, छलफल पनि भएको छैन : प्रचण्ड

कसैसँग चुनावी तालमेल गर्दैनौँ, छलफल पनि भएको छैन : प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ले आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पारेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यसपटक पार्टी आफ्नै एजेन्डा र जनआधारको बलमा चुनावमा जाने बताए। “हामी आफ्नै पार्टी र जनताको बलमा निर्वाचनमा जान्छौँ, यो कुरा पहिलो दिनदेखि नै भन्दै आइरहेका छौँ,” उनले भने, “तर मिडियामा विभिन्न समीकरण बन्नेबारे चर्चा भइरहेको छ, जसको हामीले निरन्तर खण्डन गर्दै आएका छौँ।”

प्रचण्डले भदौ २३ गतेको घटनामा संलग्न जिम्मेवार दल र भदौ २४ गते विध्वंस मच्चाउने शक्तिसँग कुनै प्रकारको सहकार्य नहुने स्पष्ट गरे। केही निर्वाचन क्षेत्रमा सिट छाड्ने वा समझदारी गर्ने भन्ने चर्चामा कुनै सत्यता नरहेको पनि उनले दाबी गरे।

उनका अनुसार नेकपा आफ्नै शक्ति र कार्यक्रमसहित चुनावमा होमिएको छ। नेपाली कांग्रेस वा नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग मिलेर महागठबन्धन गर्ने कुनै सम्भावना नरहेको उनले प्रष्ट पारे।

प्रकाशित मिति : २०८२, १३ फाल्गुन बिहीबार  ५ : ४८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक