२०८३, २० आश्विन बुधबार

चुनावबारे संशय सिर्जना गर्न खोजिएको छ : गगन थापा

चुनावबारे संशय सिर्जना गर्न खोजिएको छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापा ले आगामी निर्वाचनका विषयमा संशय सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन्।

सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले संविधानलाई सही मार्गमा अघि बढाउन निर्वाचनको विकल्प नरहेको स्पष्ट पारे। उनले लोकतन्त्रको संस्थागत विकासका लागि समयमै, निष्पक्ष र विश्वसनीय चुनाव अपरिहार्य भएको उल्लेख गरे।

“चुनावका बारेमा केही संशयहरू सिर्जना गर्न खोजिएको छ,” उनले भने, “ती संशयलाई चिर्दै समयमै निर्वाचन सम्पन्न गराउन सरकारलाई सम्पूर्ण साथ दिँदै सफल बनाउने प्रतिबद्धताबाट हामी एक इन्च पनि तलमाथि हुँदैनौँ।”

थापाले भदौ २३ र २४ गतेका घटनाको स्मरण गर्दै अब राज्यको गोलीबाट कुनै पनि युवाले ज्यान गुमाउन नपर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताए। लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने कुनै पनि प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो।

उनले संवैधानिक प्रक्रिया र शान्तिपूर्ण प्रतिस्पर्धाबाटै राजनीतिक मतभेद समाधान गर्नुपर्ने धारणा व्यक्त गर्दै सबै पक्षलाई जिम्मेवार र संयमित बन्न आग्रह गरे।

प्रकाशित मिति : २०८२, १३ फाल्गुन बिहीबार  ५ : ४४ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय