२०८३, ११ कार्तिक बुधबार

रुपन्देही-२ मा विष्णु पौडेलको लहर : जेनजीदेखि जेष्ठसम्मको साथ, घरदैलोमा उत्साह

रुपन्देही-२ मा विष्णु पौडेलको लहर : जेनजीदेखि जेष्ठसम्मको साथ, घरदैलोमा उत्साह


बुटवल । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–२ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा उम्मेदवार विष्णुप्रसाद पौडेल ले घरदैलो तथा भेटघाट कार्यक्रमलाई व्यापक बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

विशेषगरी बुटवल उपमहानगरपालिका का विभिन्न वडामा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा जेनजी उमेर समूहका युवादेखि जेष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता देखिएको छ। स्थानीय युवाहरूले फूलमालाले स्वागत गरेका छन् भने जेष्ठ नागरिकहरूले आशीर्वाद दिँदै उम्मेदवारप्रति समर्थन जनाएका छन्।

बुटवल–९ को कालिकापथ क्षेत्रमा आयोजित भेटघाटमा टोल–टोलबाट स्थानीय बासिन्दा उपस्थित भएका थिए। टीका, माला र खादा सहित स्वागत गरिएका पौडेलले छोटो कोणसभामा सम्बोधन गर्दै कालिकापथलाई व्यवस्थित पूर्वाधारसहित रात्रीकालीन बजारका रूपमा विकास गर्ने योजना अघि सार्नुभयो।

उहाँले बुटवललाई उज्यालो र व्यवस्थित सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै सडक बत्ती, सुरक्षा व्यवस्था र आवश्यक पूर्वाधार विस्तारमा जोड दिनुभयो। साथै तिनाउ नदी व्यवस्थापनमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको पनि बताउनुभयो।

निर्वाचन मिति नजिकिँदै जाँदा मतदाताको सहभागिता र उत्साह बढ्दै गएको एमाले नेताहरूको दाबी छ। घरदैलो कार्यक्रममार्फत मतदातासँग सुझाव लिँदै विकासका योजनालाई थप परिष्कृत गरिने उम्मेदवार पौडेलको भनाइ छ।

प्रकाशित मिति : २०८२, १३ फाल्गुन बिहीबार  ५ : १७ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव