२०८३, २० आश्विन बुधबार

वर्षौँको प्रतीक्षा अब अन्त्य हुँदैछ : पनौती बदल्ने प्रतिबद्धतासहित अमित लामा घरदैलोमा

वर्षौँको प्रतीक्षा अब अन्त्य हुँदैछ : पनौती बदल्ने प्रतिबद्धतासहित अमित लामा घरदैलोमा


पनौती । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तथा नेकपा एमालेका केन्द्रीय सदस्य अमित लामाले पनौतीको समग्र विकासका लागि सूर्य चिन्हमा मतदान गर्न घरदैलोमै पुगेर मतदातासँग आग्रह गरेका छन्।

एमालेको घरदैलो अभियानअन्तर्गत आज पनौती नगरपालिका वडा नं. ४ बाट सुरु गरिएको हो। घरदैलो अभियानमा संविधानसभा सदस्य रामहरी सुबेदी, एमाले नेता एवं पनौती नगरका पूर्व मेयर भीम न्यौपाने लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

घरदैलोका क्रममा उम्मेदवार लामाले पनौतीको ऐतिहासिक पहिचानलाई जोगाउँदै आधुनिक पूर्वाधार, व्यवस्थित सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पनौतीलाई समृद्ध, व्यवस्थित र अवसरयुक्त नगरका रूपमा विकास गर्ने आफ्नो स्पष्ट योजना रहेको बताए।

स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्दै उनले भने, “अब पनौतीले परिवर्तन खोजेको छ। विकास, सुशासन र स्थायित्वका लागि सूर्यमा मतदान गर्नुहोस्।”

एमालेका नेता तथा कार्यकर्ताहरूले घरदैलोमार्फत मतदातासँग संवादलाई तीव्र बनाउँदै चुनावी अभियानलाई अझ प्रभावकारी बनाउने बताएका छन्।

प्रकाशित मिति : २०८२, १३ फाल्गुन बिहीबार  १० : १३ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय