२०८३, ११ कार्तिक बुधबार

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते


धनगढी। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच बैतडीमा झडप हुँदा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन्।

चुनावी प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा डिलासैनि गाउँपालिकास्थित लेक टोलमा दुई पक्षबीच विवाद बढ्दै झडप भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडी का प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार झडपमा परी डिलासैनी–७ निवासी एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र सोही स्थानका माधव धामी घाइते भएका छन्।

प्रहरीका अनुसार जनक धामीको टाउको र निधारमा चोट लागेको छ भने माधव धामीको ढाड र दाहिने खुट्टामा चोट लागेको छ। दुवै जनाको उपचार गोकुलेश्वर अस्पताल मा भइरहेको छ।

घटनापछि प्रहरीले रास्वपाका पाँच जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, १३ फाल्गुन बिहीबार  ९ : ४९ बजे

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल

एन्फा विवादमा नयाँ मोड : कार्यालयको ताला खुल्यो, १३ गते बैठकको तयारी

काठमाडौं । लामो समयदेखि विवाद र गतिरोधमा फसेको अखिल नेपाल

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३