२०८३, २० आश्विन बुधबार

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते


धनगढी। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच बैतडीमा झडप हुँदा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन्।

चुनावी प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा डिलासैनि गाउँपालिकास्थित लेक टोलमा दुई पक्षबीच विवाद बढ्दै झडप भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडी का प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार झडपमा परी डिलासैनी–७ निवासी एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र सोही स्थानका माधव धामी घाइते भएका छन्।

प्रहरीका अनुसार जनक धामीको टाउको र निधारमा चोट लागेको छ भने माधव धामीको ढाड र दाहिने खुट्टामा चोट लागेको छ। दुवै जनाको उपचार गोकुलेश्वर अस्पताल मा भइरहेको छ।

घटनापछि प्रहरीले रास्वपाका पाँच जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, १३ फाल्गुन बिहीबार  ९ : ४९ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय