२०८३, ११ कार्तिक बुधबार

शेरबहादुर देउवा सिंगापुर प्रस्थान

शेरबहादुर देउवा सिंगापुर प्रस्थान


काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।

विमानस्थल सुरक्षास्रोतका अनुसार देउवा बुधबार राति ११:३० बजे Singapore Airlines को उडानमार्फत त्यसतर्फ गएका हुन्। उनी राति करिब साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को अन्तर्राष्ट्रिय टर्मिनलको स्टेरलाइज एरियामा देखिएका थिए। स्रोतका अनुसार उनीसँग २ -३ जना सहयोगीसमेत साथमा थिए।

विशेष महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन भएसँगै देउवा सक्रिय राजनीतिबाट केही टाढिएका थिए। प्रतिनिधिसभा निर्वाचनका क्रममा उनले उम्मेदवारी नपाएको तथा मतदानका लागि डडेलधुरा नजाने चर्चा समेत सार्वजनिक भएको थियो।

पार्टीभित्रको विवाद र नेतृत्व परिवर्तनपछि ‘बदलिएको कांग्रेस’का नेताहरूले उनलाई चुनावी अभियानमा सहभागी गराउने प्रयास गरे पनि देउवाले सार्वजनिक रूपमा उल्लेखनीय सक्रियता देखाएका थिएनन्। निकट स्रोतहरूका अनुसार पछिल्लो समय उनी सार्वजनिक कार्यक्रमहरूमा समेत कमै देखिँदै आएका थिए।

डडेलधुराबाट २०४८ सालदेखि लगातार सात पटक प्रतिनिधिसभा निर्वाचन जित्दै आएका देउवा यसपटक उम्मेदवार बनेनन्। उनको स्थानमा युवा नेता नैनसिंह महरले टिकट पाएका थिए।

हाल देउवाको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २०८२, १३ फाल्गुन बिहीबार  ९ : ३९ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव