२०८३, ११ कार्तिक बुधबार

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा


बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार अमित लामाले कोशीपारीको समग्र विकासका लागि सूर्य चिन्हमा मतदान गरी एमालेलाई विजयी गराउन मतदातासँग आग्रह गर्नुभएको छ।

कोशीपारीमा जारी घरदैलो अभियानलाई सम्बोधन गर्दै लामाले विगतमा यस क्षेत्रका जनताले पटक–पटक अन्य दललाई जिताएको तर अपेक्षित विकास हुन नसकेको उल्लेख गर्नुभयो। “सडक, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय परिवर्तन हुन सकेन,” उनले भन्नुभयो, “अब एकपटक एमालेलाई जिताउनुहोस्, म यस भेगमा जनताको आधारभूत विकास निर्माणको बलियो जग बसाल्ने काम गर्छु।”

उम्मेदवार लामाले कोशीपारीको दीर्घकालीन विकासका लागि स्पष्ट मार्गचित्र आफूसँग रहेको दाबी गर्दै आगामी पाँच वर्षभित्र यस क्षेत्रलाई नमुना विकासको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समृद्ध कोशीपारी निर्माणका लागि एमालेलाई अवसर दिन आग्रह गर्नुभएको छ।

प्रकाशित मिति : २०८२, १२ फाल्गुन बुधबार  ८ : ५० बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव