२०८३, २९ भाद्र मंगलबार

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा


बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार अमित लामाले कोशीपारीको समग्र विकासका लागि सूर्य चिन्हमा मतदान गरी एमालेलाई विजयी गराउन मतदातासँग आग्रह गर्नुभएको छ।

कोशीपारीमा जारी घरदैलो अभियानलाई सम्बोधन गर्दै लामाले विगतमा यस क्षेत्रका जनताले पटक–पटक अन्य दललाई जिताएको तर अपेक्षित विकास हुन नसकेको उल्लेख गर्नुभयो। “सडक, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय परिवर्तन हुन सकेन,” उनले भन्नुभयो, “अब एकपटक एमालेलाई जिताउनुहोस्, म यस भेगमा जनताको आधारभूत विकास निर्माणको बलियो जग बसाल्ने काम गर्छु।”

उम्मेदवार लामाले कोशीपारीको दीर्घकालीन विकासका लागि स्पष्ट मार्गचित्र आफूसँग रहेको दाबी गर्दै आगामी पाँच वर्षभित्र यस क्षेत्रलाई नमुना विकासको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समृद्ध कोशीपारी निर्माणका लागि एमालेलाई अवसर दिन आग्रह गर्नुभएको छ।

प्रकाशित मिति : २०८२, १२ फाल्गुन बुधबार  ८ : ५० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक