इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभालाई लक्षित गर्दै एमाले नेता पोखरेलले कडा टिप्पणी गरेका छन्।
उनले उक्त कार्यक्रममा सहभागी भीड “राजनीतिक समर्थनका लागि होइन, जेल तोड्ने रवि लामिछाने र ‘सिंहदरबार जलाउने’ अभिव्यक्ति दिने बालेन्द्रका अनुहार चिन्न आएका” भएको दाबी गरे।
पोखरेलले आरोप लगाए, “भीड हुनु समर्थनको प्रमाण होइन, कहिलेकाहीँ त्यो अविश्वास र जिज्ञासाको संकेत पनि हुन्छ।”उनका अनुसार देशलाई स्थायित्व र नीतिगत स्पष्टता आवश्यक रहेको बेला “उग्र नाराबाजी र व्यक्तिगत लोकप्रियता” को राजनीतिले दीर्घकालीन समाधान दिन सक्दैन। उनले मतदातालाई भावनामा होइन, विगतका काम, नीति र व्यवहारका आधारमा मूल्यांकन गर्न आग्रह गर्दै परिपक्व राजनीतिक छनोट गर्न आह्वान गरे।




प्रतिक्रिया