२०८२, २२ चैत्र सोमबार

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु


काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले श्रीमती र छोरीको हत्या गर्दै ज्वाइँलाई आक्रमण गर्दा प्रहरीले गोली चलाउनु परेको छ । प्रहरीको गोली लागेर उनको पनि मृत्यु भएको छ ।

५० वर्षीय छत्रबहादुर थापाले परिवारका सदस्यहरूमाथि १० इन्च लामो धारिलो हतियार प्रहार गर्दा श्रीमती र छोरीको मृत्यु भएको हो भने ज्वाइँ घाइते छन् । प्रहरीको गोली लागेर छत्रबहादुरको पनि मृत्यु भएको छ । घटना फेयरफ्याक्स काउन्टीस्थित पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टको हो ।

घटना देखेपछि छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेतले प्रहरीमा खबर गरेका थिए । छत्रबहादुरले ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन् । छत्रबहादुरले ज्वाइँ सन्तोषलाई पनि आक्रमण गरेका थिए । प्रहरीले छत्रबहादुरलाई सन्तोषमाथि आक्रमण गरिरहेको बेला पक्राउ गरेको हो ।

प्रहरीले हतियार फाल्न आदेश दिँदा नमानेपछि गोली चलाउँदा छत्रबहादुरको पनि मृत्यु भएको हो । घाइते सन्तोषको अवस्था गम्भीर छ । परिवारका सदस्य एक वर्षीय शिशु भने सुरक्षित छन् । परिवारको पृष्ठभूमि आपराधिक नभए पनि यो घरभित्रैको यो वीभत्स हत्याकाण्ड देखेर प्रहरी नै अचम्मित भएका छन् ।

प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको जनाएको छ । यो घटनालाई प्रहरी प्रमुख केभिन डेभिसले ‘कल्पनाबाहिरको बीभत्स दृश्य’ भनेका छन् ।

प्रकाशित मिति : २०८२, ११ फाल्गुन मंगलबार  ८ : ५० बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर