२०८२, १२ फाल्गुन मंगलबार

दाङलाई शैक्षिक तथा प्रविधिक हब बनाउने अभियान तीव्र : शंकर पोखरेल

दाङलाई शैक्षिक तथा प्रविधिक हब बनाउने अभियान तीव्र : शंकर पोखरेल


दाङ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २ का उम्मेदवार शंकर पोखरेलले दाङलाई शैक्षिक तथा प्रविधिक हबका रूपमा विकास गर्ने अभियान तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। उनले दाङको समग्र विकास कुनै एक दलको मात्र एजेन्डा नभई सम्पूर्ण जिल्लाबासीको साझा हितको विषय भएको उल्लेख गरेका छन्।

लामो समयदेखि अलपत्र परेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, घोराही क्याम्पसको निर्माण प्रक्रिया अहिले तदारुकताका साथ अघि बढाइएको पोखरेलले जानकारी दिए। उनका अनुसार ३० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेपछि २०८२ साल वैशाख २३ गते बोलपत्र आह्वान गरिएको थियो। त्यसपछि २०८२ साल माघ ८ गते २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँमा निर्माण सम्झौता सम्पन्न गरिएको छ।

निर्माण कार्य २०८४ सालभित्र सम्पन्न गरी कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको उनले बताए। अत्याधुनिक पूर्वाधारसहितको क्याम्पसले दाङलाई सूचना प्रविधिको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्दै उनले ‘ब्याङ्लोर मोडल’ अनुरूप दाङलाई नेपाली ‘सिलिकन भ्याली’ अर्थात् ‘दाङ भ्याली’का रूपमा विकास गर्ने आधार तयार हुँदै गएको दाबी गरे।

पोखरेलले शिक्षा, प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर दीर्घकालीन योजना अघि बढाइएको उल्लेख गर्दै स्थानीय युवालाई गुणस्तरीय प्राविधिक शिक्षा उपलब्ध गराउने, रोजगारीका अवसर सिर्जना गर्ने र बाह्य पलायन रोक्ने लक्ष्य रहेको बताए।

“जिल्ला अगाडि बढ्नु कुनै दल विशेषको हितको कुरा होइन, यो समग्र जिल्लाबासीको भविष्यसँग जोडिएको विषय हो,” उनले भने।

उनका अनुसार दाङलाई शिक्षा, प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउने स्पष्ट सोचसहित योजनाबद्ध रूपमा काम भइरहेको छ।

प्रकाशित मिति : २०८२, १२ फाल्गुन मंगलबार  ८ : ४३ बजे

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले

दाङलाई शैक्षिक तथा प्रविधिक हब बनाउने अभियान तीव्र : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले