२०८३, २० आश्विन बुधबार

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ


काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले काभ्रे क्षेत्र नं १ मा अमित लामालाई निर्विरोध विजयी घोषणा गर्न दलहरूसामु प्रस्ताव गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खर्च, समय र विकासको निरन्तरतालाई मुख्य आधार बनाएका हुन्। रक्तिम लामाले निर्वाचनमा राज्यको ठूलो बजेट खर्च हुने उल्लेख गर्दै सर्वसम्मति सम्भव भए उक्त रकम विकास निर्माणमा लगाउन सकिने बताएका छन्।

“निर्वाचन प्रक्रियामा सुरक्षा, कर्मचारी परिचालन र प्रशासनिक व्यवस्थापनमा ठूलो खर्च हुन्छ। यदि सहमति जुट्न सके त्यो स्रोत जनताकै हितमा प्रयोग गर्न सकिन्छ,” उनले लेखेका छन्। त्यस्तै, उनले समय बचतको पक्ष पनि औँल्याएका छन्। उनका अनुसार चुनावी प्रतिस्पर्धाले अनावश्यक राजनीतिक तनाव र समय खर्च गराउँछ। निर्विरोध घोषणा भएमा विकास योजनाको कार्यान्वयनमा ऊर्जा केन्द्रित गर्न सकिने उनको तर्क छ।

अध्यक्ष रक्तिम लामाले अमित लामा सक्षम र स्पष्ट योजना भएका उम्मेदवार भएको दाबी गर्दै प्रतिस्पर्धाभन्दा सहकार्यले काभ्रे-१ को समृद्धिलाई गति दिन सक्ने उल्लेख गरेका छन्। यद्यपि उनले लोकतान्त्रिक प्रणालीमा प्रतिस्पर्धा आफैँमा महत्वपूर्ण मूल्य भएको स्वीकार गरेका छन्। निर्विरोध घोषणा सम्भव हुन अन्य राजनीतिक दल र उम्मेदवारहरूको सहमति आवश्यक पर्ने भन्दै उनले संवाद र सहकार्यका लागि सकारात्मक सोच राख्न आग्रह गरेका छन् ।

उनको प्रस्तावले काभ्रे-१ को राजनीतिक वृत्तमा सहमतिको बहसलाई पुनः चर्चा केन्द्रमा ल्याएको छ।

प्रकाशित मिति : २०८२, १० फाल्गुन सोमबार  ११ : ३४ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय