२०८२, २१ चैत्र आईतबार

१७ औँ प्रधान सेनापति अन्तरविद्यालय रनिङ्ग टि २० क्रिकेट प्रतियोगिता सम्पन्न, डिएभी उचाल्यो उपाधि

१७ औँ प्रधान सेनापति अन्तरविद्यालय रनिङ्ग टि २० क्रिकेट प्रतियोगिता सम्पन्न, डिएभी उचाल्यो उपाधि


भक्तपुर, ११ फागुन : १७ औँ प्रधान सेनापति अन्तरविद्यालय रनिङ्ग टि २० क्रिकेट प्रतियोगिताको उपाधि डिएभी स्कुलल् हात पारेको छ ।

सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको आयोजनामा आज सम्पन्न फाइनल खेलमा डिएभी स्कुल जाउलाखेलले नेपाल प्रहरी स्कुल साँगालाई ३० रनले पराजित गर्दै उपाधि जितेको हो ।

महाविद्यालयको घरेलु मैदानमा माघ २६ गतेबाट सुरु भई आज समापन भएको प्रतियोगिताको आज फाइनल खेलमा पहिले ब्याटिङ गरेको डिएभीले ९ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । १०७ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस स्कुलले १३ ओभरमा सबै विकेट गुमाएर ७६ रन मात्र जोड्न सफल भएको थियो ।  उपाधी चुमेको डिएभीलाई नेपाली सेनाका प्रधान सेनापति बलाधिकृत रथी प्रदिप जंग केसीले रु. एक लाख पुरस्कार सहित ट्रफि प्रदान गर्नुभयो भने दोश्रो हुने नेपाल पुलिस स्कुलले रु. ५० हजार पुरस्कार र ट्रफि प्रदान गर्नभयो ।

समापन समारोहलाई बोल्दै सेनापति केसीले यस्ता प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउन टेवा पुगेको भन्दै नेपालको क्रिकेट खेलमा पछिल्लो समय फड्को मारेर अन्तर्राष्ट्रिय स्तरमा समेत नाम राख्न सफल भएको बताउनुभयोे । कार्यक्रममा उप विजेता लगायतलाई उपरथि सन्तोष बल्लभ पौडेल, सहायकरथी प्रकाश बहादुर चन्दले टिम क्याप्टेन, खेलाडीलगातलाई ट्रफि, पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

प्रतियोगितामा डिएभी स्कुलका कमल शाही फाइनल खेलका ‘प्लेयर अफ द म्याच’, डिएभी स्कुलकै तनिश शाह ‘सर्वोत्कृष्ट बलर’, सैनिक आवासीय महाविद्यालयका राजदीप आचार्य ‘सर्वोत्कृष्ट ब्याट्सम्यान’, नेपाल पुलिस स्कुलका सागर सिंह ‘सर्वोत्कृष्ट फिल्डर’ तथा नेपाल पुलिस स्कुलकै प्रियान्सु किशोर रावत ‘प्लेयर अफ द सिरिज’ घोषित भए भने डिएभी स्कुलका श्री शंकर पौडेललाई ‘उत्कृष्ट प्रशिक्षक’को उपाधि प्रदान गरियो ।

भलिबलमा छात्रतर्फ हिमरश्मि हाईस्कुल र छात्रातर्फ सैनिक आवासीय महाविद्यालयले चुम्यो उपाधी

त्यसैगरि सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय भलिबल प्रतियोगिता–२०८२ को छात्रतर्फ हिमरश्मि हाईस्कुल विजेता बनेको छ भने सैनिक आवासीय महाविद्यालयले उपविजेतामै चित्त बुझाएको छ । कार्यक्रममा विजेतालाई रु. ३० हजार र रु. २० हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

भलिबल प्रतियोगितामै छात्रा तर्फ सैनिक आवासीय महाविद्यालय विजेता भएको छभने र सेन्ट लरेन्स कलेजले उपविजेता भएको छ । कार्यक्रममा विजेतालाई रु. ३० हजार र रु. २० हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा महाविद्यालयका प्राचार्य दलप्रसाद पुन, महाविद्यालयका प्रमुख व्यवस्थापक महासेनानी शिव प्रसाद पौडेलले महाविधालयले शैक्षिक गतिविधिसंगै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको चर्चा गर्नु भएको थियो ।  कूल ११ विद्यालयका १२ टिमको सहभागिता रहेको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने अफिसियलहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको महासेनानी पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२, १० फाल्गुन सोमबार  ९ : ०५ बजे

होटलमा डोजर चलेपछि कर्ण शाक्य आक्रोशित, ‘अधिग्रहण नगरी भत्काउन मिल्छ ?’

पोखरा । पोखरा को लेकसाइड क्षेत्रमा रहेको एक वाटरफ्रन्ट होटलमा

सानुभाइ भनिने युवराज गुरुङ फेरि पक्राउ

काठमाडौं । काठमाडौं मा ‘सानुभाइ’ उपनामले चिनिने युवराज गुरुङ लाई

भक्तपुरमा प्रहरीको ‘स्वीप अप्रेसन’, ६० भन्दा बढी पक्राउ

भक्तपुर । भक्तपुर मा सार्वजनिक शान्ति सुरक्षालाई मजबुत बनाउन जिल्ला

आज अर्याल सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने

काठमाडौं । आज संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र

कांग्रेसले जरा अभियानका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका तयारीअन्तर्गत जरा अभियान र