२०८३, ११ कार्तिक बुधबार

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा


सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान र शालिन उमेदवारका रुपमा अलग परिचय बनाएका एमाले उमेदवार मनोजजंग थापाले कमलामाई नगरपालिका क्षेत्रमा आफ्‌नो चुनाबी अभियानलाई तिब्रता दिन थालेका छन् ।
जिल्ला सदरमुकमा सिन्धुलीमाढी अर्न्तगत रहेको वडा नंं ६ मगरटोलमा आज बिहान पुग्दा मतदाताको सत्साह निकै बलियो देखिएको छ ।  टोलमा पुगेर मतदाता समक्ष मत माग्न थाल्नु भएको छ ।
आगामी फागुन २१ हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका दौरानमा मतदाता समक्ष फरक पहिचान बनाएका थापालाई उक्त टोलमा पुग्दा मतदाताले स्वागतगर्दै बिजयको शुभकामना दिएका थिए ।
मतदाताको दैलोमा पुग्नु भएका थापाले सामाजिक सद्भाब, स्थिायित्व र विकासका लागि सूर्य चिन्हमा मतदान गरेर योग्य उमेदवारलाई प्रतिनिधीका रुप्मा पठाउन आग्रह गर्नुभयो । मगरटोलको घरदैलोमा उहाँले ढुक्कका साथ सूर्य चिन्हमा मतदान गरेर स्थायित्व र विकासका लागि साथ दिन मतदातालाई आग्रह गर्नुभएको थियो ।
त्यसैगरी जारी घरदैलोमा पुगेर उहाँले हाम्रा धर्म संस्कृति र रितिरिवाजहरु मौलक परम्परा रहेको बताउँदै त्यसलाई हामी सबैले स्वीकार गरिसकेको बताउनुभयो । हाम्रो संविधानले सबै धर्मलाई साझा मानेको स्मरणगर्दै उहाँले आफ्‌नो आस्था विश्वास माथि सम्मान गर्ने आफ्‌नो स्पष्ट दृष्टिकोण रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै धन्सरे टोलमा पुग्नु भएका एमाले उमेदवार थापाले स्थानीय पुग्यप्रसाद अधिकारीको घरमा जारी श्रीमद्भागवत सप्ताहमा पुग्दा उपस्थित भक्तालुहरुले स्वागत गर्नुभएको थियो । उहाँले सो अबसरमा पुजा अर्चना गर्नुभएको छ । अघिल्लो दिन रामेश्वर धाममा जारी श्रीमद् भागवत सप्ताहमा पुगेर पुजा अर्चना गर्नुभएको थियो ।
उमेदवार थापाले आजै वडा नंं ६ रातमाटा टाउन प्लानिङमा पुगेर मतदाता समक्ष आफ्‌नो कुरा राख्नु भएको छ ।
उहाँले कमलामाई नगरपालिकाले व्यवस्थित बजारीकरणमा भुमिका खेल्न नसकेको र त्यसका निम्ती एमालेले विजय प्राप्त गर्न जरुरी भएको बताउनुभयो । सिन्धुलीगढी पुननिर्माण नेकपा एमाले नेतृत्वमैं भएको र अहिले उक्त पुननिर्माणले गति लिन नसकेको उल्लेख गर्नुभयो ।
स्मरणीय छ, थापा अहिले राजनैतिक तथा मतदातासँगको भेटघाटलाई तिब्रता दिनुभएको छ । सुनकोशी, ध्याङलेख, मरिण र हरिहरपुरगढीमा चुनाबी महौल बनाएर शहरी क्षेत्रमा प्रवेश गर्नुभएका थापाले विजय प्राप्त गर्ने सिन्धुलीका चिया चौतारामा चर्चा चल्न थालेको छ ।

प्रकाशित मिति : २०८२, ९ फाल्गुन आईतबार  ९ : ४० बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता