२०८२, १४ चैत्र आईतबार

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

अब चुप लागेर बस्ने होइन -देश जलाउनेलाई जवाफ दिनैपर्छ!


भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले अहिलेको निर्वाचन देश जलाउने र देश बनाउने पक्ष बीचको प्रतिस्पर्धात्मक निर्वाचन भएको बताउनु भएको छ । मध्यपरथिमि नगरपालिका वडा नं. ४, ५ र ६ कोघरदैलो कार्यक्रममा मतदातासंग बोल्दै उहाँले अहिले चुनावमा देश जलाउनेहरु अनेक नाटक गरेर मतदाता माझ आइरहेकाले त्यस्तालाई चिन्नु पर्ने उहाँले बताउनु भएको हो ।

उम्मेदवारसमेत रहनु भएका एमाले सचिव महेश बस्नेतले भन्नुभयो, ‘मतदान गर्नु अगाडि देश जलाउनेलाई तपाईहरुले चिन्नु पर्छ, सिक्किमकरण गर्न चाहनेहरुलाई चिन्नु पर्छ, विदेशी मतियाहरुलाई चिन्नु पर्छ, यो देशलाई युक्रेन बनाउन खोज्नहरुलाई चिन्नुपर्छ, यो देशका जेलेस्की, लोन्डुप दोर्जेहरुलाई, लुसिफरहरुलाई चिन्नु पर्छ ।’

एमालेले देशको अहित नगर्ने बताउदै उहाँले भन्नुभयो, ‘एमालेले देशको राष्ट्रियता जोगाउँछ, एमालेले देशको सार्वभौम सत्ता जोगाउँछ, एमालेले नाकाबन्दी लगायो भने खुलाउँछ, एमालेले सिमाना जोगाउँछ, चुच्चे नक्सा ल्याउछ, एमालेले हिन्द महासागरबाट व्यापार गर्न चाईनासंग सन्धी सम्झौता गरेर प्रशान्त महासागरसम्म पुर्याउँछ , एमालेले लोकतन्त्र बलिाये बनाउँछ, सविधानबाद बलियो बनाउछ, प्रेस स्वतन्त्रता बलियो बनाउछ,सम्बृद्धि, विकास दिन्छ, रोजगारी दिन्छ, त्यसैले एमालेलाई स्वदेशदेखि विदेशसम्मले घेराबन्दीमा पारेका छन्।’

मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको हव बनाउने बताउनु भएको छ । आउँदो २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता माझ पुग्न मध्यपुरथिमि क्षेत्रमा आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै उहाँले मध्यपुरथिमिमा तीन वर्षदेखि रोकिएको विकासका कामलाई अगाडि बढाउने बताउनुभयो ।  मध्यपरथिमि नगरपालिकाको मेयरमा एमालेले विजयी गरेपश्चात यहाँको कला, संस्कृति, ऐतिहासिक धरोहर र सम्पदाको संरक्षण, पुर्ननिर्माण गरि यहाँको जनताको सम्पत्तिसंग, यहाँको जनताको आयआर्जन र रोजगारीसंग जोड्ने कार्य गरेको स्मरण गर्नुभयो ।

तत्कालिन नगर प्रमुख मदन सुन्दर श्रेष्ठले नगरपालिकाले प्रदेश र संघीय सरकारसंगको समन्वयमा यहाँको कला, संस्कृति र सम्पदालाई उद्योसंग जोड्ने सुरुवात गरेको बताउदै कला र संस्कृतिलाई उद्योग र व्यबसायसंग जोडेर लगेको स्मरण गर्नुभयो ।

भूकम्प पछि भत्किएका सम्पूर्ण भैतिक तथा अभौतिक सम्पदाहरु पुर्ननर्माण गर्न तत्कालिन सरकारले एक अर्ब बजेट यहाँको कला, सम्पदा र संस्कृति जोगाउन बजेट खर्चिएको बताउदै उहाँले नगरपालिकाले पनि मूल श्रोतलाई केन्द्रीकृत गर्दै दुई पाखरी, कमल पोखरी जस्ता यहाँका पाखेरी, फल्चा, मन्दिरलगायतको सम्पदाको संरक्षण गरेको बताउनुभयो ।

उहाँले जातिय संग्रहालयका रुपमा विकास गर्ने लक्ष्य र लाईभ म्युजियमको रुपमा यहाँको सम्पदा, कलालाई जोड्ने अभियान पनि तीन वर्षदेखि रोकिएको भन्दै त्यसलाई पुरा गर्न लाग्ने बताउनुभयो । यहाँ निर्माण भएका माटोका भाडा, काष्ठ कला, धातु कलालाई पर्यटकका अगाडि निर्माण गरि बिक्री गर्ने गरि लाईभ म्युजियम निर्माण गर्ने कार्य अब पुरा गर्ने भन्दै यहाँको कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बनाउने बताउनुभयो ।

मध्यपुरथिमिको श्रम र सीपलाई युवाहरुलाई रोजगारी सृजना गर्ने, कृषि पर्यटनकोसमेत विकास गर्ने, युवाको सीपलाई उद्योगसंग जोड्न, २० लाख बिना धिरतो ऋण दिएर व्यवसाय विस्तार गर्ने बताउदै माटोको भाडा बनाउन समस्याको रुपमा रहेको माटोको व्यबस्थापन भक्तपुरबाटै गर्न खोजि भइरहेको बताउनुभयो ।

नेता महेश बस्नेतले यस क्षेत्रका धेरै बासिन्दाको हनुमन्तको आसपासमा जमिन भएकाहरुले हनुमन्ते करिडोरमा जग्गा गएको गुनासो आएको बताउदै उहाँले भन्नुभयो, ‘हाम्रा कारणले हनुमन्ते करिडोर निर्माण कार्य रोकिएको होइन, यो क्षेत्रमा आएपछि, राजनीति घुसेर विवादमा ल्याएका कारण नबनके हो, सुस्ताएको हो, अब हामी आउँछौ र यसलाई पुरा गर्छौ, हनुमन्ते करिडोलमा जग्गा पर्नेहरुले चिन्ता गर्नु पर्दैन, प्रत्येकलाई उचित क्षतिपूर्ति र मुआब्जा दिएर मात्रै यो आयोजना पुरा गर्छौं ।’

सिंहदरबारसंग भक्तपुरलाई जोड्ने, बिकासको आधीबेहरी ल्याएर समृद्ध भक्तपुर निर्माणको सुरुवात गर्ने, विगतमा आफूले सुरु गरेका काम रोकिएकोमा चिन्ता व्यक्त गर्दै उहाँले अब त्यसालाई पूर्णता दिईने बताउनुभयो । यहाँका विकास गर्ने, यहाँको आवाजलाई संसदमा शसक्त ढंगले उठाउने र संसदमा पूर्णता नपाएको ऐनलई पूर्णता दिने काम संगसंगै लैजाने उहाँले प्रतिबद्धता व्यक्त गर्नभयो ।  घरदैलोमा मध्यपुरथिमिका बान्दिाले चोकचोक, दैलोदैलोमा उहाँलाई स्वागत गदैए खादा, माला टिका लगाई दहीका सुगन खुवाएर विजयीको लागि शभकामना दिएका थिए ।

प्रकाशित मिति : २०८२, ९ फाल्गुन आईतबार  १० : ४४ बजे

अदालतको आदेश : केपी शर्मा ओलीको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर