२०८३, ११ कार्तिक बुधबार

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको झण्डा जलाउने घटनाप्रति गम्भीर आपत्ति जनाउँदै संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेकी छन्।

अधिकारीले झण्डा जलाउने कार्यलाई लोकतान्त्रिक मूल्य र राजनीतिक सहिष्णुताविरुद्धको गतिविधि भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताइन्। उनले चेतावनी दिँदै भनिन्, “यदि झण्डा जलाउनेहरूलाई कारबाही गरिएन भने युवा शक्तिहरू सडकमा उत्रन बाध्य हुनेछन्।”

सरकारले केही व्यक्तिलाई पक्राउ गरेको जानकारी आए पनि मुख्य योजनाकार र लोकतन्त्रविरोधी गतिविधिमा संलग्न भनिएका व्यक्तिहरू खुला रूपमा जनतामाझ घुमिरहनु गम्भीर विषय भएको उनले उल्लेख गरिन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अधिकारीले राजनीतिक असहमति स्वाभाविक भए पनि दलको झण्डा जलाउने जस्ता गतिविधि अस्वीकार्य हुने बताइन्। “राजनीतिक मतभेद आफ्नै ठाउँमा रहन्छ, तर विध्वंसात्मक र उच्छृंखल गतिविधि स्वीकार्य हुँदैनन्। यस्ता कार्यमा संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही हुनुपर्छ,” उनको भनाइ छ।

उनले वर्तमान सरकारलाई शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्दै राज्य संयन्त्र मौन बसेको जस्तो देखिनु दुःखद भएको बताइन्। साथै, कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिँदै अराजकता, चुनावी अपराध र उच्छृंखल गतिविधि नियन्त्रण गर्न सरकार स्पष्ट रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन्।

लोकतान्त्रिक अभ्यासलाई मर्यादित, जिम्मेवार र विधिसम्मत बनाउन सबै राजनीतिक दल, युवा शक्ति तथा नागरिक समाज एकजुट हुनुपर्नेमा समेत उनले जोड दिएकी छन्।

प्रकाशित मिति : २०८२, ८ फाल्गुन शनिबार  ७ : २८ बजे

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल

एन्फा विवादमा नयाँ मोड : कार्यालयको ताला खुल्यो, १३ गते बैठकको तयारी

काठमाडौं । लामो समयदेखि विवाद र गतिरोधमा फसेको अखिल नेपाल

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३