२०८३, २० आश्विन बुधबार

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको झण्डा जलाउने घटनाप्रति गम्भीर आपत्ति जनाउँदै संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेकी छन्।

अधिकारीले झण्डा जलाउने कार्यलाई लोकतान्त्रिक मूल्य र राजनीतिक सहिष्णुताविरुद्धको गतिविधि भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताइन्। उनले चेतावनी दिँदै भनिन्, “यदि झण्डा जलाउनेहरूलाई कारबाही गरिएन भने युवा शक्तिहरू सडकमा उत्रन बाध्य हुनेछन्।”

सरकारले केही व्यक्तिलाई पक्राउ गरेको जानकारी आए पनि मुख्य योजनाकार र लोकतन्त्रविरोधी गतिविधिमा संलग्न भनिएका व्यक्तिहरू खुला रूपमा जनतामाझ घुमिरहनु गम्भीर विषय भएको उनले उल्लेख गरिन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अधिकारीले राजनीतिक असहमति स्वाभाविक भए पनि दलको झण्डा जलाउने जस्ता गतिविधि अस्वीकार्य हुने बताइन्। “राजनीतिक मतभेद आफ्नै ठाउँमा रहन्छ, तर विध्वंसात्मक र उच्छृंखल गतिविधि स्वीकार्य हुँदैनन्। यस्ता कार्यमा संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही हुनुपर्छ,” उनको भनाइ छ।

उनले वर्तमान सरकारलाई शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्दै राज्य संयन्त्र मौन बसेको जस्तो देखिनु दुःखद भएको बताइन्। साथै, कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिँदै अराजकता, चुनावी अपराध र उच्छृंखल गतिविधि नियन्त्रण गर्न सरकार स्पष्ट रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन्।

लोकतान्त्रिक अभ्यासलाई मर्यादित, जिम्मेवार र विधिसम्मत बनाउन सबै राजनीतिक दल, युवा शक्ति तथा नागरिक समाज एकजुट हुनुपर्नेमा समेत उनले जोड दिएकी छन्।

प्रकाशित मिति : २०८२, ८ फाल्गुन शनिबार  ७ : २८ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय