२०८३, २० आश्विन बुधबार

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत


बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले) मा प्रवेश गरेका छन्। यसअघि नेपाली कांग्रेसमा सक्रिय रहेका तामाङलाई एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमित लामाले स्वागत गरेका हुन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित घरदैलो कार्यक्रमका क्रममा लामागाउँ पुगेका उम्मेदवार लामाले स्थानीय विकासका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा समानुपातिक उम्मेदवार इन्द्र तामाङलगायत स्थानीय नेता- कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। नव प्रवेशी हजार सिं तामाङले तेमाल क्षेत्रको विकास र स्थायित्वका लागि एमाले रोजेको बताएका छन्।

प्रकाशित मिति : २०८२, ८ फाल्गुन शनिबार  ६ : ३१ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय