२०८२, २२ चैत्र सोमबार

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद


सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका पालिका सभापतिको घरबाट तीन थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
क्षेत्र नंं १ अर्न्तगत पर्ने तिनपाटन गाउँपालिका कमिटीका रास्वपा सभापति धिरेन तामाङका बाबु ठगलाल तामाङले आफ्‌नै भाईको घरमा लुकाएर राख्न लगाएको तीन थान भरुवा बन्दुक हिजो साँझ ७ बजे इलाका प्रहरी कार्यालय डकाहाले बरामद गरेको र मानिस भने पक्राउ नपरेको प्रहरीले जानकारी दिएको छ ।
प्राप्त बिबरण अनुसार प्रहरीले हतियार लुकाएर राखेको भन्ने सूचनाका आधारमा प्रहरी लंगुरखोला स्थित रास्वपा सभापतिको घरमा पुगेको थियो । प्रहरी घरमा आएपछि घरमुलीहरु फरार भएको बताइएको छ ।
डकाहा प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको र अबैध रुपमा हतियार राख्नेहरुमाथि कानूनी कारबाही हुने प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् ।
स्मरणीय छ प्रतिनिधीसभा सदस्यको निर्वाचन प्रक्रिया अगाडि बढेसँगै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त गरेका र अबैद्य रुपमा राखिएका हातहतियार एकसाता भित्र बुझाउन भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।
निर्वाचनकमा कारगारबाट भागेका कैदी र लटिएका हातहतियार सुरक्षा खतरा भन्दै गृहमन्त्रालयले बिबरण सार्वजनिक गरेको अबस्थामा रास्वपा पालिका सभापतिकै बाबुले राख्न दिएको तीन थान भरुवा बन्दुक प्रहरीले एकै ठाउँबाट बरामद गरेको बिबरण सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २०८२, ७ फाल्गुन शुक्रबार  ५ : ०४ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर