२०८३, २९ भाद्र मंगलबार

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी


काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको झण्डा र सूर्य चिन्ह जलाउने तथा पार्टी नेतामाथि अनावश्यक लाञ्छना लगाउने घटनाप्रति नेशनल भोलेन्टियर फोर्स ले कडा आपत्ति जनाएको छ।

भोलेन्टियर फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा घटनालाई “राजनीतिक असहमति होइन, अराजकता र चरित्र हत्या” भन्दै सम्बन्धित निकायलाई तत्काल छानबिन र कडा कानुनी कारवाहीको माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “राजनीतिक असहमति विचार र बहसबाट व्यक्त गरिन्छ, आगो र अराजकताबाट होइन। झण्डा जलाउने, द्वेष फैलाउने र उत्तेजना सिर्जना गर्ने कार्य लोकतान्त्रिक होइन, अराजक मानसिकताको प्रतीक हो।”

अध्यक्ष श्रेष्ठले भने, “यदि राज्य संयन्त्र मौन रह्यो भने जनविश्वास कमजोर हुनेछ र नेशनल भोलेन्टियर फोर्स सशक्त रूपमा प्रतिकारमा उत्रन बाध्य हुनेछ। यस्ता अराजक गतिविधिले राजनीतिक संस्कार मात्र होइन, समाजको सामाजिक सद्भाव पनि बिगार्ने खतरा उत्पन्न गर्छ।”

संगठनले झण्डा जलाउने रास्वपा कार्यकर्तालाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन समेत माग गरेको छ। विज्ञप्तिमा थप भनिएको छ, “राज्यले आम नागरिक र उम्मेदवारको सुरक्षा दिन नसक्ने हो भने हामी देशभर भोलेन्टियर फोर्स परिचालित हुन बाध्य हुनेछौं।”

प्रकाशित मिति : २०८२, ७ फाल्गुन शुक्रबार  २ : ५३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक