काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार अमित लामालाई तेमाल गाउँपालिका–२ ठुलोपर्सेलमा भव्य स्वागत गरिएको छ ।
घरदैलो कार्यक्रमका लागि तेमाल पुगेका लामालाई समानुपातिक उम्मेदवार इन्द्र तामाङ, तेमाल गाउँपालिका अध्यक्ष सत्यमान लामा तथा बागमती प्रदेश सभा सदस्य ज्ञनबहादुर लामा लगायतका नेताहरूले स्वागत गर्नुभएको थियो। कार्यक्रममा ठूलो संख्यामा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो ।
उक्त अवसरमा बोल्दै उम्मेदवार लामाले तेमालको समग्र विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा दीगो समृद्धिका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। जनताको विश्वास र साथ पाएमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा कृषि क्षेत्रमा उल्लेखनीय सुधार ल्याउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
उहाँले सम्पूर्ण तेमालबासीलाई नेकपा एमालेलाई विजयी गराउन आह्वान गर्दै भन्नुभयो, “समग्र विकास र समृद्धिको नेतृत्व हामी गर्नेछौँ। तेमाललाई नमूना पालिका बनाउने हाम्रो स्पष्ट योजना र दृढ अठोट छ।”
नेपाली कम्युनिस्ट पार्टी तेमालका नेता इन्द्रजित र धन बहादुर एमाले फर्किए
यसैबीच नेपाली कम्युनिस्ट पार्टी काभ्रेपलान्चोकका नेता इन्द्रजित र धन बहादुर लामा आफ्नो पुरानो घर एमाले फर्कनुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको, एमालेबाट माधव नेपाल नेतृत्वमा विभाजित नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य इन्द्रजित र वडा कमिटी अध्यक्ष धन बहादुर शुक्रबार एमालेको चुनावी घरदैलो कार्यक्रम अन्तर्गत तेमाल गाउँ पालिका वडा नं. ४ मौरेमा आयोजित कार्यक्रममा एमाले फर्कनुभएको हो ।
विगतमा एमालेको संगठन निर्माणमा महत्त्वपूर्ण योगदान दिएका उहाँहरुलाई एमालेको काभ्रे क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य उम्मेदवार अमित लामा र समानुपातिक उम्मेदवार इन्द्रबहादुर तामाङले स्वागत गर्नुभयो ।
एमाले केन्द्रीय सदस्य समेत रहनुभएका प्रत्यक्ष तर्फका उम्मेदवार लामाले पुरानो पार्टी एमालेमा फर्केका द्वयलाई उचित जिम्मेवार प्रदान गर्नुका साथै स्थानीय विकासका सवालमा उठेका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएपछि एमालेले रोसाइबा बोल्दे सडक लगायतका बाटो पक्की बनाउने, खानेपानी, स्वास्थ, शिक्षाको विकास, युवा रोजगार, कृषि विकास तथा बुद्धचित्त मालाको प्रवद्र्धनका लागि यसको ब्रान्डिङ लगायतका काम गर्ने उहाँले वचन दिनुभयो ।






प्रतिक्रिया