२०८२, १४ चैत्र आईतबार

सिन्धुलीमा एक सय बढी नेकपा कार्यकर्ता एमालेमा समाहित, मरिणबाट उठ्यो बिद्रोहको झण्डा

सिन्धुलीमा एक सय बढी नेकपा कार्यकर्ता एमालेमा समाहित, मरिणबाट उठ्यो बिद्रोहको झण्डा


सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका एक सय भन्दा बढी स्थानीय नेता कार्यकर्ता आज नेकपा एमालेमा समाहित भएका छन् । सिन्धुलीको मरिण गाउँपालिका ३ भालुमारामा आयोजित निर्वाचन लक्षित कार्यक्रममा सन्तवहादुर मोक्तानको नेतृत्वमा मिनवहादुर स्याङ्वा, बेलवहादुर मोक्तानसहित १ सय भन्दा बढी कार्यकर्ताहरु कम्युनिष्टहरुको मूल प्रवाहको रुपमा रहेको नेकपा एमालेमा समाहित भएका छन् ।
तत्कालिन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धको आधारभूमिका रुपमा रहेको भालुमारामा त्यसपछि कोही पनि माओवादी नेताहरु पुगेका थिएनन् भने स्थानीय पालिकाले पनि सौतेलो व्यवहारगर्दै विकासमा पछाडि पारेपछि आक्रोसित भएको सिंगो गाउँनैं हालको नेपाली कम्युनिष्ट पार्टी छोडेर एमालेमा समाहित भएको मरिण एमालेका अध्यक्ष गोपाल बुढाथोकीले जानकारी दिनुभयो ।
माओवादीले थालेको जनयुद्धमा सहयोग गरेका भालुमाराका स्थानीय वासिन्दाले यस क्षेत्रबाट पटक पटक माओवादी नेताहरुलाई मतदान गरेर विजयी बनाएपछि कोही पनि फर्केर नआएको र आफ्‌ना समस्याहरुमा निरन्तर एमालेका नेताहरु जोढिएपछि आउँदो फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनमा इमान्दार र निष्ठावान नेता मनोजजंगलाई विजयी गराउन आफूहरुले बिद्रोहको झण्डा उठाएको सन्तवहादुर भोक्तानले बताए ।
उनले माओवादीले जनताको मुद्धा उठाएर जनयुद्ध गरेपनि अहिले त्यसका नेताहरु भ्रष्ट र धनीमनीको मात्रै काम गर्न थालेकाले गरिव तथा असहाय नेता कार्यकर्ताहरुले सो पार्टी छोड्न थालेको बताए । उनले अगाडि भनेः अब मरिण क्षेत्रबाट माओवादीको पतन प्रारंभ भएको छ र त्यो फागुन २१ गतेपछि देखिने छ ।
एमालेमा समाहित भएकाहरुलाई उमेदवार मनोजजंग थापाले अविर तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । पार्टीमा जोडिएका साथीहरुलाई उजित जिम्मेवारी दिएर संगठनात्मक कामहरु अगाडि बढाउने बचन दिएका थिए ।
उनले भालुमारा मात्र होइन, मरिण गाउँपालिकामा स्थापना भएको मासु प्रशोधन उद्योग सञ्चालनका लागि तत्कालिन एमाले नेतृत्वको सरकार चिनियाँ टोली समक्ष खेलेको भूमिकाको पनि स्मरण गरेका थिए । उक्त उद्योग सञ्चालनका लागि कुनै भूमिका नभएका व्यक्तिले मैंले गरें भन्दै गलत अभिव्यक्ति दिंदै हिडेको र त्यस्ता छट्टुहरुले अझैं पनि गलत आश्वास र ललिपप बोकेर आउन सक्ने तर्फ सबैजना सचेत हुनुपर्ने थापाले बताए ।
भालुमारा क्षेत्रका समस्याहरुलाई लिएर मनोजजंग थापा बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्रीलाई भेटर सडक तथा खानेपानी समस्या समाधानका लागि योजना स्वीकृत गराउन भूमिका निर्वाह गरेका थिए ।
निर्वाचन प्रचार अभियानका क्रममा एमालेका उमेदवार थापाको पक्षमा मरिण र हरिहरपुरगढी गाउँपालिकामा देखिएको जनउभारले विजयको यात्रालाई अगाडि बढाउने देखिएको छ ।
यसैबीच भोली शुक्रबारबाट एमाले उमेदवारको कमलामाई नगरपालिकामा चुनाबी अभियान प्रारंभ हुँदैछ । बिहान ८ बजे कमलामाई नगरपालिका ६ शिवनगरबाट चुनाबी कार्यक्रम अगाडि बढ्ने २ नम्बर क्षेत्रीय प्रचार संयोजक कृष्णहरी घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २०८२, ६ फाल्गुन बिहीबार  १० : ४१ बजे

अदालतको आदेश : केपी शर्मा ओलीको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर