२०८२, ७ फाल्गुन बिहीबार

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…


भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा बत्तीको हल्का उज्यालो फैलिएको थियो,तर त्यो उज्यालो केवल विजुलीको मात्र थिएन । त्यो उज्यालोमा उमंग, उत्साह, विश्वास र देशप्रतिको माया पनि समेटिएको थियो ।

बालकोट खल्पिटारका गल्लीहरूमा जेष्ठ नागरिक, महिला र जेन जीहरु/युवाहरू हातमा अबिर, फूल, माला र खादासहित नेताको स्वागत गर्न तयार थिए । र्याली आउँदै गर्दा, वृद्धा–बृद्धाहरूको आँखा चम्किरहेका थिए । कतिपयले आँखाबाट खुशीका आँसु झारेका थिए भने कतिपय पुरानो सम्झनाको भावनामा मौन थिए । संकल्प र साहसको । छेवैमा उभिएकी एक बुढीआमाले र्याली नजिकिँदैबाट भनिन् “लौ है आइपुग्र्यौ महेश बाबु । यो देश जोगाउने हिम्मत तिमीमा छ । हाम्रो ठाउँ जस्तै देशका सबै ठाउँको विकास गर । हाम्रो भरोसा तिमीमाथि छ ।

त्यो क्षण साँच्चै अविस्मरणीय थियो । आँखा भरीको उमंग, मनभरीको आशा, र जीवनभरको अनुभवले बनाएको वर्गीय भावनाले सम्पूर्ण वातावरणमा ऊर्जा र उत्साह थपिरहेको थियो । स्थानीयहरू भने जतिसक्दो माया, आदर र सदभाव देखाउँदै र्यालीतिरै लम्किरहेका थिए । र्याली वीचभागमा हात हल्लाउदै आस्थाका धरोहर, यूवाहरुको शान र ,पहिचान बनाएका नेकपा एमाले केन्द्रीय सचिव एवं प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं २ का उमेरदवार महेश बस्नेत ।

बस्नेतको टोलीलाई र्यालीसहित बालकोट नयाँ बस्ती भट्टाराई चोक, फलामे पुल, गणेश प्रावि, स्वास्थ्य चौकी, कृष्ण मन्दिर, प्रिसियस स्कुल, ओम साई स्कुल, प्रहरी चौकी र माडी टोलसम्म पुगे। प्रत्येक चोक, टोल र गल्लीमा स्थानीयहरूले अबिर, फूल र दहीको सगुन ओढाएर स्वागत गरे । शहर बजार महेश बस्नेत हाई हाई भन्ने नारा गुन्झीरहेको थियो । नजिकै एकहुल युवाहरू र बालबालिकाले दौडदै बस्नेतसंगै आफ्नो आँखामा उत्साह झल्काइरहेका थिए । वृद्धा–बृद्धाहरूको मुस्कानमा आशाको झल्को थियो । कतिपयले आफ्ना हात माथि उठाएर नेतालाई आशिर्वाद दिईरहेका थिए । त्यो दृश्य धेरैका लागी जीवनको अनुभूति जस्तो थियो ।
महेश बस्नेतले जनताको आशा, भरोसा र माया कहिल्यै टुट्न नदिने प्रतिवद्धता व्यक्त गर्दै भने, “तपाईंहरूको माया र भरोसाले मलाई अझ जिम्मेवार बनाएको छ । हामी सँगै अघि बढेर देशलाई विकास र सुशासनको बाटोमा लैजानेछौं ।“

त्यो साँझको दृश्य केवल नेता र स्थानीयबीचको भेट मात्रै थिएन । त्यो भेट थियो जीवनको अनुभूति, देशप्रतिको माया, विकासप्रतिको लगाव, र जनताको अटुट भरोसाको झल्को । वृद्धा–बृद्ध, महिला, युवा र बालबालिकाको त्यो अगाध माया देख्दा लाग्थ्यो, सारा देशको भविष्य बालकोटमै समेटिएको छ । बालकोटबाटै देश जलाउनेहरुको विरुद्ध देश बनाउनेहरुको हुँकार थियो ।

स्थानीयहरूले महेश बस्नेतलाई मात्रै होइन, देशको भविष्यलाई स्वागत गरिरहेको थिए । हरेक अनुहारमा चमक, हरेक मुस्कानमा विश्वास, र हरेक आँखामा आशा झल्किरहेको थियो । युवाहरूले अबिर र फूल ओढाएर बस्नेतसंगै आएकाहरुलाई सम्मान गरेका थिए, तर त्यो सम्मान केवल व्यक्तिको लागि मात्रै थिएन । त्यो सम्मान देश र विकासको प्रतीक थियो ।

महेश बस्नेतको भाषण छोटो थियो, तर त्यसको प्रभाव गहिरो थियो । उनले जनताको आशा र भरोसा अनुसार देशको हरेक गाउँ,टोल र शहरमा विकास र सुशासन पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे । स्थानीयहरूले उनलाई हेरेर विश्वास र आत्मविश्वास झल्काएको थियो । खुशीयाली थियो, कतिपयले आँखा भरी आँसु पारे, कतिपयले हात माथि उठाएर आर्शिवाद दिए ।

साँझको त्यो र्याली, फूल र अबिरको घेरो, चम्किला आँखाहरू, मुस्कान र आशाका किरणहरू -सबैले देखायो कि राजनीतिमा मात्र होइन, जनताको मनमा पनि भरोसा, आशा र प्रेम अझै जीवित छ । त्यो साँझ बालकोटको गल्लीमा झल्किएको प्रेम र भरोसाको झल्को केवल महेश बस्नेतको लागि मात्रै थिएन । त्यो देशको भविष्यका लागि थियो । त्यो विकासको लागि थियो । हरेक फूल, हरेक अबिर, हरेक मुस्कान, हरेक आशिर्वादले पुष्टि गर्यो कि जनताको मनमा देश र भविष्यप्रति अटुट लगाव छ ।

साँझको उज्यालो, फूल र अबिरले भरिएको र्याली, वृद्धा-बृद्ध, महिला, युवा र बालबालिकाको उपस्थितिले स्पष्ट गर्यो कि यहाँ केवल नेता मात्र होइन, भरोसा, माया र आशाको यात्रा पनि अघि बढिरहेको छ ।

बालकोटको त्यो साँझ, जसमा हरेक अनुहारमा चमक, हरेक आँखामा आशा र हरेक दिलमा भरोसा थियो, नेपाली राजनीति र जनताको जीवनमा भावनात्मक र भावुक यादको रूपमा सधैं जीवित रहने छ ।

प्रकाशित मिति : २०८२, ७ फाल्गुन बिहीबार  ८ : ५० बजे

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि