२०८३, ११ कार्तिक बुधबार

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग


सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार मनेजजंग थापाले वालवालिकाको सुन्दर भविश्यका निम्ती अहिलेको राजनीति केन्द्रीत हुनुपर्ने बताउनु भएको छ ।
निर्वाचन प्रचार प्रसारका क्रममा सिन्धुलीको मरिण क्षेत्रमा पुग्नुभएका थापाले दुई वालकसँगको कुराकानीपछि सामाजिक सञ्जालमा फोटो साझागर्दै नेपालको अहिलेको राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्ने बताउनु भएको हो ।
घरदैलो अभियानमा मरिण क्षेत्रमा पुग्नु भएका थापालाई स्थानीय जनसमुदायको समर्थन बढ्दै जान थालेपछि केही समय वालवालिकासँगै कुराकानी गर्नु भएका थापाले उनीहरुको कुरा सुनेपछि भन्नुभयो–देश निर्माणको कर्णाधार भनेको तपाईहरु हो, अहिले निर्वाचन हुँदैछ, यो निर्वाचनमा योग्य र सक्षम उमेदवारले विजय गरेपछि मात्रै वालवालिकाको भविश्य सुनिश्चित गर्नेछ ।
त्यसैले अहिलेको निर्वाचन वालवालिकाको भविश्य मात्र होइन, देश बनाउने र जलाउने बीचको निर्वाचन पनि हो । उमेदवार थापासँगको कुराकानीपछि ति वालालिकाहरुले पढेर ठूलो मान्छे बन्ने र त्यसका लागि तपाईको साथ र सहयोग चाहिन्छ भन्ने प्रस्ताव राखेपछि उहाँले सहर्ष स्वीकार गर्नुभएको थियो ।
चुनावी अभियानमा भेटिएका दुई वालकलाई महाकवी लक्ष्मीप्रसाद देवकोटाको कविताको हरफसँग जोड्दै थापाले लेख्नु भएकोछः गरिब भन्छौ ? सुखको म झै धनी मिल्दैन संसार भरि कतै पनि ।
प्रयासको पत्थरमा नदि सरि बहन्छु हाँसि म तरङ्गले भरि !
लक्ष्मीप्रसाद देवकोटाका सुन्दर कविताको बिम्ब यि दुई वालकको उज्ज्वल भबिष्यको निमित्त नेपाली राजनिति लक्षित बनाऔ ।

प्रकाशित मिति : २०८२, ५ फाल्गुन बुधबार  १० : ४९ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता