२०८३, ११ कार्तिक बुधबार

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा


बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार अमित लामाले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बालबालिकाका वास्तविक संरक्षक भएको बताएका छन् ।

नमोबुद्ध नगरपालिका–५, कमेरे गाउँमा आयोजित घरदैलो कार्यक्रममा लामाले स्थानीयहरुलाई स्पष्ट रूपमा भने, “विद्यालय र क्याम्पसमा अध्ययनरत सयौैं बालबालिकालाई अध्यक्ष ओलीले प्रत्यक्ष संरक्षकत्व प्रदान गर्नु भएको छ । उहाँ बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासमा कटिबद्ध हुनुहुन्छ, उमेदवार लामा भने हो ।”

लामाले थपे, “अध्यक्ष ओलीले विपन्न र मेहेनती विद्यार्थीको शिक्षा निरन्तरता सुनिश्चित गर्दै भविष्य निर्माणमा प्रत्यक्ष भूमिका खेल्नुभएको छ ।
कार्यक्रममा उनले मतदातालाई आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्नु नै बालबालिका र मुलुकको भविष्यको संरक्षण गर्नु हो । लामाले आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै भने, “म एमालेको प्रतिनिधि हुँ, यो गाउँको विकास र शिक्षाको संरक्षक बन्न तयार छु । तपाईंहरू हाम्रो खम्बा हुनुहुन्छ, हामी तपाईंहरूको सुरक्षा र समृद्धिका लागि कटिबद्ध छौँ ।”

प्रकाशित मिति : २०८२, ५ फाल्गुन बुधबार  ८ : ५० बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल