२०८२, ६ फाल्गुन बुधबार

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा


बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार अमित लामा ले आगामी निर्वाचनलाई भ्रष्टाचारविरुद्धको महाअभियानका रूपमा लिनुपर्ने बताएका छन्।

नमोबुद्ध नगरपालिका–५, कमेरे गाउँमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले नेपालमा सुशासन, पारदर्शिता र विधिको शासन स्थापना गर्न एमालेले निरन्तर नेतृत्वदायी भूमिका खेलेको दाबी गरे। “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न भ्रष्टाचारमुक्त प्रशासन अपरिहार्य रहेको उनको भनाइ थियो।

लामाले हरेक क्षेत्रमा विधिको शासन, मानव अधिकारको संरक्षण तथा सुशासनमैत्री वातावरण निर्माणमा एमालेले जोड दिँदै आएको उल्लेख गरे। उद्योगी–व्यवसायीहरूलाई कर तिर्न प्रोत्साहित गर्ने अनुकूल वातावरण बनाइनुपर्ने आवश्यकता औँल्याउँदै उनले सामाजिक सञ्जाललाई समेत करको दायरामा ल्याउने विषयमा केपी शर्मा ओली नेतृत्वको सरकारले तयारी गरेको थियो तर केही व्यक्तिहरूले ‘जेन जी’ आन्दोलनलाई भट्काएर अस्थिरता सिर्जना गर्न खोजेको बताए । अहिलेको जेनजी सरकारले केही काम गर्न नसकेको आरोप लगाएका छन् ।

कमेरे र बोहोरे गाउँ कम्युनिष्ट आन्दोलनको आधारभूमि रहेको उल्लेख गर्दै उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरे। “म एमालेको प्रतिनिधि हुँ, यो गाउँको विकासको जिम्मेवारी लिन तयार छु,” उनले भने, “म भनेकै तपाईंहरू, र तपाईंहरू भनेकै एमालेका खम्बा हुनुहुन्छ।”

घरदैलो कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिएको नेकपा एमाले नमोबुद्ध नगरपालिका वडा नं ५ कायूवा नेता लालकाजी लामाले जानकारी दिए।

प्रकाशित मिति : २०८२, ६ फाल्गुन बुधबार  ८ : ०१ बजे

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि

सहकारी ठगहरूलाई तह लगाइने : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश प्रदेशको वित्तीय

प्रश्नबाट भाग्दिन’ भन्ने गगनको चुनौती : अब परीक्षा राष्ट्रिय सभामा

काठमाडौं । गगन थापा ले राजनीतिक दलहरू प्रश्नबाट भाग्ने प्रवृत्तिको