२०८३, २० आश्विन बुधबार

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ


काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंलाई सोमबार साँझ भक्तपुरस्थित उनको निवासबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन तथा सार्वजनिक शान्ति सुरक्षासम्बन्धी विषयमा अनुसन्धान गर्न पत्राचार गरेपछि सोही आधारमा उनलाई पक्राउ गरिएको हो।

उनीमाथि आचारसंहिता विपरीत गतिविधि गरेको तथा सार्वजनिक व्यवस्था खल्बल्याउने अभिव्यक्ति दिएको आरोप रहेको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, ३ फाल्गुन सोमबार  ११ : १४ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय