२०८२, १४ चैत्र आईतबार

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त


दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज दिनभरि झापाको दमक नगरपालिकामा आयोजना गरिएका विभिन्न भेटघाट तथा कार्यक्रमहरूमा व्यस्त रहनुहुने भएको छ।

निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार आज बिहान ११ बजे दमक–५ स्थित यलम्बर चौकमा स्थानीय बासिन्दासँग भेटघाट कार्यक्रम तय गरिएको छ। त्यसपछि ११:५० बजे दमक–६ को शंङ्कधर चौकमा अर्को भेटघाट कार्यक्रम हुनेछ।

दिउँसो १ बजे दमक–७ को तविन चौकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ भने २ बजे वडा नं. १ स्थित हावल्दार चौकमा आयोजना गरिएको भेटघाटमा अध्यक्ष ओली सहभागी हुनुहुनेछ। अपराह्न ३ बजे दमक–२ मा रहेको दमक फन पार्कमा स्थानीयसँग संवाद गर्ने कार्यक्रम छ। यसैगरी बेलुका ४ बजे दमक–३ को आमचौकमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यतालिका रहेको जनाइएको छ।

झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गतका अन्य पालिकामा यसअघि नै भेटघाट कार्यक्रम सम्पन्न गरिसक्नुभएका अध्यक्ष ओलीले आज दमक नगरपालिकाका विभिन्न वडामा केन्द्रित कार्यक्रम राख्नुभएको हो। भेटघाटका क्रममा स्थानीयका समस्या, गुनासा र सुझाव सुन्ने तथा सम्बोधन गर्न सकिने विषयमा पहल गर्ने योजना रहेको बताइएको छ।

अध्यक्ष ओली हिजो झापा आएयता विभिन्न राजनीतिक तथा जनसम्पर्क कार्यक्रममा सक्रिय रहँदै आउनुभएको छ। स्थानीय बासिन्दाले आफ्नै टोल–चौकमा पुगेका ओलीसँगको प्रत्यक्ष संवादलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २०८२, ३ फाल्गुन सोमबार  ७ : ५९ बजे

अदालतको आदेश : केपी शर्मा ओलीको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर