२०८२, १४ चैत्र आईतबार

डाँडापारीमा एमालेको माहोल, ‘डाँडापारी बनाउने’ अमित लामाको प्रतिबद्धता

डाँडापारीमा एमालेको माहोल, ‘डाँडापारी बनाउने’ अमित लामाको प्रतिबद्धता


काभ्रे। काभ्रे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत डाँडापारी क्षेत्रमा चुनावी माहोल तातेको छ। गाउँ-बस्तीमा भइरहेको घरदैलो अभियानका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रति स्थानीयवासीको आकर्षण बढ्दो देखिएको छ।

एमालेका उम्मेदवार अमित लामा डाँडापारीका खानीखोला र महाभारतका विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। स्थानीय पूर्वाधार, सडक विस्तार, खानेपानी, शिक्षा र स्वास्थ्य सेवाको सुधारलाई प्राथमिकतामा राख्दै उनले डाँडापारी क्षेत्रलाई विकासको नयाँ ढाँचामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। “डाँडापारीलाई अवसर र पूर्वाधारको हिसाबले पछि पर्न दिन्नौं। योजनाबद्ध विकासमार्फत यस क्षेत्रलाई नमुना बनाउने लक्ष्य छ,” लामाले घरदैलो कार्यक्रममा बताएका छन्।

स्थानीय बासिन्दासँगको भेटघाटमा लामाले युवालाई रोजगारी, कृषिमा आधुनिकीकरण, पर्यटन सम्भावनाको प्रवर्द्धन र भौतिक पूर्वाधार निर्माणलाई मुख्य एजेन्डा बनाएका छन्।

आगामी निर्वाचन नजिकिँदै जाँदा डाँडापारी क्षेत्रमा एमालेको पक्षमा सकारात्मक लहर देखिएको समर्थकहरूको भनाइ छ। विकास र स्थायित्वको नारासहित मैदानमा उत्रिएका अमित लामाले डाँडापारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍याउँदै चुनावी अभियानलाई तीव्र बनाएका छन्।

प्रकाशित मिति : २०८२, २ फाल्गुन आईतबार  १० : २३ बजे

अदालतको आदेश : केपी शर्मा ओलीको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर