२०८३, ११ कार्तिक बुधबार

डाँडापारीमा अमित लामाको संकल्प

डाँडापारीमा अमित लामाको संकल्प

काँग्रेस र नेपाली कम्युनिष्ट कार्यकर्ता एमाले प्रवेश


काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार अमित लामाले डाँडापारी क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

डाँडापारीका खानीखोलाका विभिन्न गाउँवस्तीमा घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले स्थानीय समस्या, आवश्यकता र विकास प्राथमिकताबारे छलफल गरिरहेका छन्।

यसैक्रममा महाभारत गाउँपालिका वडा नं. २ मा आयोजित कार्यक्रममा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरुमा धनकाजी मोक्तान, दीपक, मान बा घिसिङ र धन बहादुर गोलेले पार्टी प्रवेश गरेका हुन्।

उनीहरूलाई काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित लामा र समानुपातिक उम्मेदवार ईन्द्र तामाङले पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा पूर्व मन्त्री चन्द्र लामा, एमाले जिल्ला उपाध्यक्ष देवसागर लामा लगायत नेताहरूले नवप्रवेशीहरूलाई खादामाला लगाएर स्वागत गरेका थिए।

घरदैलो अभियानका क्रममा उम्मेदवार लामाले भने,

“म कुनै पद, पैसा वा व्यक्तिगत स्वार्थका लागि चुनावमा आएको होइन। डाँडापारीको दुःख–सुख नजिकबाट देखेको छु। योजनाबद्ध विकासमार्फत यहाँ परिवर्तन र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।”

एमाले नेताहरूले नवप्रवेशलाई पार्टीको संगठन विस्तार र चुनावी अभियानलाई थप मजबुत बनाउने संकेतका रूपमा लिएका छन्। उम्मेदवार लामाले डाँडापारी क्षेत्रमा आफ्नो घरदैलो अभियान निरन्तर जारी रहने बताएका छन्। घरदैलो अभियानका क्रममा महाभारत खानीखोला क्षेत्रमा सक्रियता, विकास र रोजगारी सृजनामा संकल्प गरेका छन् ।

प्रकाशित मिति : २०८२, २ फाल्गुन आईतबार  ४ : ५५ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा