२०८३, ३० भाद्र बुधबार

डाँडापारीमा अमित लामाको संकल्प

डाँडापारीमा अमित लामाको संकल्प

काँग्रेस र नेपाली कम्युनिष्ट कार्यकर्ता एमाले प्रवेश


काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार अमित लामाले डाँडापारी क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

डाँडापारीका खानीखोलाका विभिन्न गाउँवस्तीमा घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले स्थानीय समस्या, आवश्यकता र विकास प्राथमिकताबारे छलफल गरिरहेका छन्।

यसैक्रममा महाभारत गाउँपालिका वडा नं. २ मा आयोजित कार्यक्रममा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरुमा धनकाजी मोक्तान, दीपक, मान बा घिसिङ र धन बहादुर गोलेले पार्टी प्रवेश गरेका हुन्।

उनीहरूलाई काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित लामा र समानुपातिक उम्मेदवार ईन्द्र तामाङले पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा पूर्व मन्त्री चन्द्र लामा, एमाले जिल्ला उपाध्यक्ष देवसागर लामा लगायत नेताहरूले नवप्रवेशीहरूलाई खादामाला लगाएर स्वागत गरेका थिए।

घरदैलो अभियानका क्रममा उम्मेदवार लामाले भने,

“म कुनै पद, पैसा वा व्यक्तिगत स्वार्थका लागि चुनावमा आएको होइन। डाँडापारीको दुःख–सुख नजिकबाट देखेको छु। योजनाबद्ध विकासमार्फत यहाँ परिवर्तन र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।”

एमाले नेताहरूले नवप्रवेशलाई पार्टीको संगठन विस्तार र चुनावी अभियानलाई थप मजबुत बनाउने संकेतका रूपमा लिएका छन्। उम्मेदवार लामाले डाँडापारी क्षेत्रमा आफ्नो घरदैलो अभियान निरन्तर जारी रहने बताएका छन्। घरदैलो अभियानका क्रममा महाभारत खानीखोला क्षेत्रमा सक्रियता, विकास र रोजगारी सृजनामा संकल्प गरेका छन् ।

प्रकाशित मिति : २०८२, २ फाल्गुन आईतबार  ४ : ५५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक