२०८३, ११ कार्तिक बुधबार

काभ्रेको डाँडापारीमा एमालेको घरदैलो अभियान तीव्र

काभ्रेको डाँडापारीमा एमालेको घरदैलो अभियान तीव्र


काभ्रे । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार अमित लामाले डाँडापारी क्षेत्रमा घरदैलो अभियान तीव्र पारेका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि उनी डाँडापारी क्षेत्रका खानीखोलाका विभिन्न गाउँवस्तीहरूमा घरघर भेटघाट गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। अमित लामाले मतदातासँग कुरा गर्दै डाँडापारीको समस्या, आवश्यकता र विकास प्राथमिकताहरूको बारेमा प्रतिवद्धता व्यक्त गरेका छन्। उनले भनेका छन् कि उनी चुनावी मैदानमा आएको कारण कुनै पद, पैसा वा व्यक्तिगत स्वार्थ नभई समुदायको विश्वास जित्ने लक्ष्य हो।

उम्मेदवार लामाले डाँडापारी क्षेत्रको दुःख–सुख नजिकबाट देखेको र यहाँ योजनाबद्ध विकासमार्फत परिवर्तन र रोजगारी सिर्जना सम्भव हुने बताएका छन् ।

यो घरदैलो अभियानले स्थानीय जनता र घरघरका मतदातासँग प्रत्यक्ष सम्बन्ध सुधार्ने उद्देश्य राखेको छ, जसले आगामी निर्वाचनमा मत संग्रह र मतदाताको मनोबलमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

उम्मेदवार लामाले आज डाँडापारीको महाभारत गाउँपालिकामा पनि घरदैलो गरिरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२, २ फाल्गुन आईतबार  २ : ४१ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल