काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गर्दै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताएका छन्।
सभापति थापाले धार्मिक तथा सांस्कृतिक पर्वहरूले नेपालको मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तथा संवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। उनले भने, ‘महाशिवरात्री हिन्दू धर्मावलम्बीहरूको श्रद्धा, भक्ति र आस्थासँग जोडिएको पवित्र पर्व हो, जसले राष्ट्रिय एकता र आपसी सम्मानलाई प्रगाढ बनाउँछ।’
उहाँले सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दै भगवान् शिवको कृपाले सबैमा साहस र सत्मार्गमा अघि बढ्ने प्रेरणा प्रदान होस् भन्ने कामना गरे।






प्रतिक्रिया