२०८२, ३ फाल्गुन आईतबार

एमाले अध्यक्ष श्रेष्ठले राजन दाहाललाई भने-अराजक अभिव्यक्ति बन्द नगरे प्रतिरोध गर्छौं

एमाले अध्यक्ष श्रेष्ठले राजन दाहाललाई भने-अराजक अभिव्यक्ति बन्द नगरे प्रतिरोध गर्छौं

मिथ्या र भ्रामक अभिव्यक्ति दिने आक्रोश र घृणा फैल्याएर निर्वाचन हुन नदिने कार्य बन्द गर



सिन्धुली: नेकपा एमाले सिन्धुलीले एक बिज्ञप्ती मार्फत पार्टी र नेतृत्वका बिरुद्ध गरिने विष बमनको भण्डाफोर गर्ने बताएको छ । जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठले आज एक बिज्ञप्ती मार्फत नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नं. २ का उमेदवार राजन दाहालले आफू पराजय हुने निश्चित भएपछि हाम्रो पार्टी र नेतृत्वका बिरुद्ध अर्नग्नल प्रचार गरेको बताउँदै त्यसलाई नरोके प्रतिरोध गर्न बाध्य हुने चेताबनी दिएका छन् ।
उनले पछिल्ला केही दिन यता विभिन्न संचार माध्यममा हाम्रो पार्टी नेकपा (एमाले) र पार्टी नेतृत्व विरूद्ध निर्वाचन आचारसंहिता विपरित दाहालले तथानाम गाली गलौजगर्दै अमर्यादित अभिव्यक्ति प्रति खेद प्रकट गरेका छन् ।
अध्यक्ष श्रेष्ठले राजनप्रति टिप्प्णीगर्दै भनेका छन्‌ः अप्रमाणित मिथ्या र भ्रामक आरोप लगाई चुनावी मसला बनाउने, अपराधी करार गर्ने प्रवृत्ति कानुनी र राजनैतिक हिसाबले पनि अत्यन्तै दण्डनीय र अराजक प्रवृत्ति हो, यसको संगठित रुपमा प्रतिरोध गर्ने अबस्था नआओस् ।
उनले जारी गरेको बिज्ञप्तीमा भनिएको छः हाम्रो पार्टी प्रचलित निर्वाचन कानुन र आचार संहितालाई अक्षरस पालना गर्नु पर्दछ भन्ने कुरामा दृढ विश्वास राख्दछ र अन्य दलका उमेदवारबाट पनि त्यही मान्यताको अपेक्षा राख्दछ । यदी हाम्रो आग्रहलाई अस्वीकार गर्दै निर्वाचन आचारसंहिता विरोधी गतिविधी जारी राखे त्यसको प्रतिकार गर्न बाध्य हुने स्मरण गराउन चाहान्छौं ।
अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट सिन्धुली क्षेत्र नं २ का उम्मेद्वार लेखनाथ दाहाल राजनले पछिल्ला केही दिन यता विभिन्न संचार माध्यममा हाम्रो पार्टी नेकपा (एमाले) र पार्टी नेतृत्व विरूद्ध निर्वाचन आचारसंहिता विपरित तथानाम गाली गलौजको भाषामा अमर्यादित शब्द प्रयोग गरेको प्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको छ । हाम्रो पार्टी र नेतृत्व प्रतिको गाली गलौज र अमर्यादित अभिव्यक्ति प्रति खेद प्रकट गर्दछौं ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले ) जनताको बहुदलीय जनवादको जगमा समाजवाद स्थापनाको लक्ष्यका लागि सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यमा दृढतापूर्वक लागिरहेको छ । बहुदलीय प्रतिस्पर्धा र आवधिक निर्वाचनलाई जबजको विशेषतामा समावेश गरेर हामीले लोकतान्त्रिक प्रतिस्पर्धालाई सदैव अगालेको पार्टी नेकपा (एमाले) हो। विधिको शासन स्वतन्त्र न्यायपालिकालाई मान्ने पार्टी नेकपा एमाले हो । सिंगो मूलुक यतिबेला निर्वाचनको प्रक्रियामा हेलिएको छ । आगामी फागुन २१ गते प्रतिनिधीसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्रवाट जिम्मेवारी पुर्वक लाग्न सम्पुर्ण पार्टीपक्ति संचारमाध्यम र आम नागरिकहरुमा आह्वान गर्दछौं । नेकपा (एमाले) निर्वाचनको क्रममा निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न प्रतिवद्ध छर निर्वाचनमा होमिएका सबै तह र तप्काबाट सोही प्रतिवद्धताको अपेक्षा गर्दछ ।
भाद्र २३२२४को घटनाका सन्दर्भमा छानविन गर्न आयोग बनेको छ त्यसले निष्पक्ष छानविन गरोस् भन्ने नेकपा एमालेको मान्यता रहेको छ । नवयुवा पुस्ताका प्रदर्शनकारीले नै फर्किओं अब हाम्रो आन्दोलन सक्कियो भने पश्चात् भएको घुसपैठ पछि सिर्जना भएको परिस्थितिबाट नवयुवाको ज्यान जाने कुरा अत्यन्तै दुःखद थियो र उक्त दुःखद घटनाको निस्पक्ष छानवीन गर्न हामीले माग गरेका छौ हामीले भनेका छौं– भदौ २४ गते देश खरानी बनाउने पृष्ठभुमिमा २३ मध्यान्ह पछिको परिदृष्य घटाइयो । यसमा संलग्नलाई कारवाही होस् । यसै सन्दर्भमा धेरै कुरा त निस्पक्ष छानविन पश्चात् सार्वजनिक नै होला । तर अप्रमाणित मिथ्या र भ्रामक आरोप लगाई चुनावी मसला बनाउने कार्यमा अपराधी करार गर्ने प्रवित्ति कानुनी र राजनैतिक हिसाबले पनि अत्यन्तै दण्डनीय र अराजक प्रवृत्ति हो।
हाम्रो देश नेपाल भूराजनीतिक दाउपेचका कारण अत्यन्तै संकटपूर्ण अवस्था छ सुरक्षा निकायको मनोबललाई सबैको साथ सहयोगले उच्च बनाउनु पर्ने छ । केही गलत मनशायका व्यक्तीहरु सामाजिक संजाल मार्फत एल्गोरिदमको प्रयोग गरी मिथ्या सुचना र समाचारले निराशा फैल्याउन उद्यत छन् त्यस्ता निराशा चिर्दै रास्ट्र राष्ट्रियताको पक्षमा दृढताका साथ मैदानमा छाती खोलेर आएको हाम्रो पार्टी, देश जलाउने योजनाका मतियारहरुको अनुहार पत्रपत्रिकामा आइ नै सकेको वर्तमान परिवेशमा नेकपा एमाले ने निर्णायक शक्तिको रुपमा नेपाली जनताले निर्वाचन मार्फत स्थापित गर्ने लगभग सुनिश्चित छ ।
निर्वाचनमा जिम्मेवारी पुर्वक होमिएको नेकपा (एमाले) र यसको नेतृत्व विरूद्ध दिइएको अभिव्यक्तिलाई पार्टीले गंभीरतापूवर्क नियालीरहेको स्मरण गराउन चाहान्छौं । हाम्रो पार्टी प्रचलित निर्वाचन कानुन र आचार संहितालाई अक्षरस पालना गर्नु पर्दछ भन्ने कुरामा दृढ विश्वास राख्दछ र अन्य दलका उमेदवारबाट पनि त्यही मान्यताको अपेक्षा राख्दछ । यदी हाम्रो आग्रहलाई अस्वीकार गर्दै निर्वाचन आचारसंहिता विरोधी गतिविधी जारी राखे त्यसको प्रतिकार गर्न बाध्य हुने स्मरण गराउन चाहान्छौं । मिथ्या र भ्रामक अभिव्यक्ति दिने आक्रोश र घृणा फैल्याएर निर्वाचन हुन नदिने कार्य तत्काल बन्द गर्न र यस्ता अभिव्यक्ति दिनेलाई कानुन बमोजिम कार्बाही गर्न निर्वाचन आयोग लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौ ।
महेन्द्रदेव श्रेष्ठ
अध्यक्ष

प्रकाशित मिति : २०८२, ३ फाल्गुन आईतबार  १ : ०८ बजे

एमाले अध्यक्ष श्रेष्ठले राजन दाहाललाई भने-अराजक अभिव्यक्ति बन्द नगरे प्रतिरोध गर्छौं

सिन्धुली: नेकपा एमाले सिन्धुलीले एक बिज्ञप्ती मार्फत पार्टी र नेतृत्वका

महाशिवरात्रिले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि पर्वले मानव

जनताको घरदैलोमा ओली: झापामा एमालेको उत्साही माहोल

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नै

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार