२०८३, ९ असार बुधबार

जनताको घरदैलोमा ओली: झापामा एमालेको उत्साही माहोल

जनताको घरदैलोमा ओली: झापामा एमालेको उत्साही माहोल


दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नै निर्वाचन क्षेत्र झापा जिल्ला मा सक्रिय रहनुभएको छ। उहाँ बिहान १०:२० बजे काठमाडौंबाट भद्रपुर विमानस्थल अवतरण गरी शिक्षक, धिमाल समुदाय र मुस्लिम समुदायसँग हुने भेलामा सहभागी हुने जनाएको छ ।

त्यसपछि दमक-२ स्थित अस्थायी निवासमा कार्यकर्ता र स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। फागुन ६ गतेसम्म उहाँ झापामै रहेर दैनिक ६-७ स्थानमा घरदैलो कार्यक्रम सञ्चालन गर्नुहुनेछ।

सोमबारको कार्यक्रमअनुसार दमक-५ यलम्बर चोक, दमक–६ शंखधर चोक, दमक–७ तबिन चोक, दमक–१ हल्दार चोक, दमक–३ गजकाली मन्दिर र आमचोकमा कार्यक्रम राखिएको छ। एमाले दमकका अध्यक्ष राम पौडेलका अनुसार यी सबै स्थानमा प्रत्यक्ष संवादको वातावरण तयार गरिएको छ।

कार्यक्रमले स्थानीय कार्यकर्ता र जनसमुदायमा उत्साह थपेको छ, जसले आगामी निर्वाचनमा एमालेको आधार मजबुत हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २ फाल्गुन आईतबार  १ : ०० बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि