२०८३, ११ कार्तिक बुधबार

जनताको घरदैलोमा ओली: झापामा एमालेको उत्साही माहोल

जनताको घरदैलोमा ओली: झापामा एमालेको उत्साही माहोल


दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नै निर्वाचन क्षेत्र झापा जिल्ला मा सक्रिय रहनुभएको छ। उहाँ बिहान १०:२० बजे काठमाडौंबाट भद्रपुर विमानस्थल अवतरण गरी शिक्षक, धिमाल समुदाय र मुस्लिम समुदायसँग हुने भेलामा सहभागी हुने जनाएको छ ।

त्यसपछि दमक-२ स्थित अस्थायी निवासमा कार्यकर्ता र स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। फागुन ६ गतेसम्म उहाँ झापामै रहेर दैनिक ६-७ स्थानमा घरदैलो कार्यक्रम सञ्चालन गर्नुहुनेछ।

सोमबारको कार्यक्रमअनुसार दमक-५ यलम्बर चोक, दमक–६ शंखधर चोक, दमक–७ तबिन चोक, दमक–१ हल्दार चोक, दमक–३ गजकाली मन्दिर र आमचोकमा कार्यक्रम राखिएको छ। एमाले दमकका अध्यक्ष राम पौडेलका अनुसार यी सबै स्थानमा प्रत्यक्ष संवादको वातावरण तयार गरिएको छ।

कार्यक्रमले स्थानीय कार्यकर्ता र जनसमुदायमा उत्साह थपेको छ, जसले आगामी निर्वाचनमा एमालेको आधार मजबुत हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २ फाल्गुन आईतबार  १ : ०० बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल