२०८३, ३० भाद्र बुधबार

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल


विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एमालेका विनोद ढकाल ले आफ्नो बुबाको निधनपछि पनि मतदातासँगै रहेको बताएका छन्।

ढकालले आज भिडियो सन्देश जारी गर्दै भने, “म मतदाता बीचमै छु, र मन मतदातासँगै छ। अहिलेको परिस्थितिपछि म तपाईँहरू बीचमा आएर सुझावहरु लिने नै छु।” मतदातासँग व्यक्तिगत रूपमा भेट नभएपनि नेकपा एमालेका कार्यकर्ताहरू घरदैलोमा पुग्ने उनले जनाएका छन्।

उहाँले आफूले क्षेत्रका समस्याहरू बुझिसकेको र ती समाधान गर्न सक्रिय रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो। मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका शेखर कोइराला पनि उम्मेदवार हुनुहुन्छ।

एमाले भित्र आवाज बुलन्द गर्ने नेता र स्थानीय जनताबीच लोकप्रिय नेता भनेर चिनिएका ढकाल यस निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई पराजित गर्ने लक्ष्यका साथ प्रचारप्रसारमा सक्रिय छन्।

प्रकाशित मिति : २०८२, १ फाल्गुन शनिबार  ७ : ३६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक