२०८२, १६ चैत्र मंगलबार

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा ५ मा सात दिनसम्म मतदाता भेटघाट गरेका छन्। माघ २३ गते निर्वाचन क्षेत्र आउनु भएका अध्यक्ष ओलीले गौरादह, कमल र गौरीगञ्ज गाउँपालिकाका करिब ८० वटा टोलमा मतदातासँग प्रत्यक्ष संवाद गर्नु भएको निर्वाचन परिचालन कमिटीले जनाएको छ।

निर्वाचन परिचालन कमिटीका कमाण्डर देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओलीले मतदाताका गुनासा, सुझाव र स्थानीय समस्याहरू सुनेर आज काठमाडौं फर्कनु भएको हो। “मतदाताले उहाँसँग खुलेर प्रश्न सोधे, गुनासो राखे र राष्ट्रियता र राष्ट्रको पक्षमा अडान लिएकोमा धन्यवाद पनि दिएका छन्,” उनले बताए।

कमल गाउँपालिकाका अध्यक्ष हरी ढकालले अध्यक्ष ओलीलाई निर्वाचन क्षेत्रबाट टाढिने नेता नभएको उल्लेख गर्दै, “२०७४ पछि प्रधानमन्त्री भएका बेला पनि उहाँ कम्तीमा दुई महिनामा एक पटक निर्वाचन क्षेत्र आउनुहुन्थ्यो,” भने।

कमल गाउँपालिकाका मतदाताले स्थानीय विकास, रोजगारी, शिक्षा र अस्पताल निर्माणको माग राखेका छन्। गौरादह ६ का जयराम सापकोटाले रतुवा खोलामा स्थायी तटबन्धन, पक्की र झोलुंगे पुल निर्माण तथा स्कूलचौन–दामुना सडक पिच गर्न माग गरेका छन्। दामुना बजारका मतदाताले पार्टीका आन्तरिक विवाद मिलाइदिन, कार्यकर्तालाई जनतासँग जोडिन र सुशासन व्यवहारमा उतार्न आग्रह गरेका छन्।

गौरीगञ्ज गाउँपालिकाका मतदाताले मोइवाल क्षेत्रमा टावर स्थापना गर्न र गाउँ टोलमा फेरी फेरी आउन अध्यक्ष ओलीसँग अनुरोध गरेका छन्। गौरादह चैतुचोककी रमिला राजवंसीले रोजगारी सृजना गर्न र विदेशिएका परिवारका सदस्यलाई गाउँमै रोजगारी मिलाइदिन माग गरिन्।

प्रदेश कमिटी सदस्य अमर शिवाकोटीका अनुसार अध्यक्ष ओली ‘फर्स्ट ह्यान्ड इन्फरमेसन’मा विश्वास गर्ने नेता हुनुहुन्छ र यही कारणले गाउँ गाउँ पुगेर मतदाता भेट्नुभएको हो। उनले प्रत्येक प्रश्नको जवाफ दिनु भएको र मतदातासँग प्रत्यक्ष संवादले भदौ २३–२४ का भ्रम हटाउन सहयोग गरेको बताए।

एमालेका वडाका नेताहरूले पनि अध्यक्ष ओलीको यस किसिमको सक्रिय संवादले मतदातासँगको विश्वास र पार्टीको सशक्तिकरणमा ठूलो भूमिका खेलेको टिप्पणी गरेका छन्।

प्रकाशित मिति : २०८२, ३० माघ बिहीबार  ९ : २१ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक