२०८२, १६ चैत्र मंगलबार

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि


दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड घनमिटर खनिज ग्यास भण्डारण रहेको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम प्रतिवेदन अनुसार सो क्षेत्र अत्यधिक ग्यासयुक्त रहेको देखिएको हो।

खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार प्रारम्भिक प्रतिवेदनले एक अर्ब १२ करोड घनमिटर ग्यास हुने अनुमान गरेको थियो। तर विस्तृत अध्ययन र परीक्षणपछि सो परिमाणभन्दा धेरै ग्यास भएको पुष्टि भएको छ।

प्रवक्ता खड्काले भने, “अहिले हामीले भण्डारण मात्र पत्ता लगाएका हौँ। कति ग्यास व्यावसायिक रूपमा निकाल्न सकिन्छ र कुन प्रविधि उपयुक्त हुन्छ भन्ने ‘वेल टेस्टिङ’पछि मात्र थाहा पाईन्छ।”

नेपाल–चीनबीच २ अर्ब ४० करोड रुपैयाँ सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो। चिनियाँ टोलीले सेस्मिक, जियोलोजिकल, म्याग्नेटोटेल्युरिक र जियोकेमिकल सर्वे सम्पन्न गरिसकेको छ।

विज्ञका अनुसार जलजलेमा भेटिएको ग्यास ‘शेल’ वा ‘टाइट ग्यास’ प्रकृतिको हुनसक्छ। यसलाई चट्टान फोडेर मात्र निकाल्न सकिन्छ, जसले उत्खनन प्रक्रिया चुनौतीपूर्ण बनाउँछ।

दैलेखमा परापूर्वकालदेखि बल्दै आएका प्राकृतिक ज्वालालाई आधार मान्दै २०७६ असोजदेखि अन्वेषण सुरु गरिएको हो। स्थानीय राजनीतिक दलहरूले आगामी निर्वाचनमा ग्यास उत्खननलाई प्रमुख एजेन्डा बनाएका छन्।

प्रकाशित मिति : २०८२, ३० माघ बिहीबार  ९ : ०१ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक