२०८३, ११ कार्तिक बुधबार

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण लोकतन्त्र सुदृढीकरणको अनिवार्य शर्त भएको उल्लेख गरे।

“सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनतामा पुग्दैन,” राष्ट्रपति पौडेलले भने, “जनताको अपेक्षा अनुसारको विकास र समृद्धिका लागि अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण आवश्यक छ।”

उनले भ्रष्टाचारलाई केवल कानुन उल्लंघन नभई नागरिकको विश्वासमाथिको गहिरो आघातको रूपमा व्याख्या गर्दै सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउन जोड दिए। साथै, भ्रष्टाचार नियन्त्रणमा दृढ राजनीतिक प्रतिबद्धता पहिलो सर्त रहेको पनि उनले बताए।

प्रकाशित मिति : २०८२, २९ माघ बुधबार  १२ : १२ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल