२०८२, १४ चैत्र आईतबार

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण लोकतन्त्र सुदृढीकरणको अनिवार्य शर्त भएको उल्लेख गरे।

“सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनतामा पुग्दैन,” राष्ट्रपति पौडेलले भने, “जनताको अपेक्षा अनुसारको विकास र समृद्धिका लागि अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण आवश्यक छ।”

उनले भ्रष्टाचारलाई केवल कानुन उल्लंघन नभई नागरिकको विश्वासमाथिको गहिरो आघातको रूपमा व्याख्या गर्दै सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउन जोड दिए। साथै, भ्रष्टाचार नियन्त्रणमा दृढ राजनीतिक प्रतिबद्धता पहिलो सर्त रहेको पनि उनले बताए।

प्रकाशित मिति : २०८२, २९ माघ बुधबार  १२ : १२ बजे

अदालतको आदेश : केपी शर्मा ओलीको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर