२०८३, २० आश्विन बुधबार

काभ्रे-१ मा ‘अमित लामाको पक्षमा जनलहर’ आफ्नै जन्मभूमि रोशीमा घरदैलो अभियान जारी

काभ्रे-१ मा ‘अमित लामाको पक्षमा जनलहर’ आफ्नै जन्मभूमि रोशीमा घरदैलो अभियान जारी

“म भोट माग्न मात्रै आएको होइन, यहाँका दुख-सुख सुन्न आएको हुँ”


बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं. १ का युवा उम्मेदवार अमित लामाले आफ्नै जन्मभूमि रोशी गाउँपालिकाबाट घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सुरु गर्नुभएको छ।

घरदैलोका क्रममा स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गरेपछि आफू उत्साहित भएको उहाँले बताउनुभयो। रोशी भेग कम्युनिष्ट आन्दोलनको उर्वर भूमि रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यहाँको माया, विश्वास र साथले मलाई अझ जिम्मेवार बनाएको छ।” रोशी क्षेत्रको समृद्धि, विकास, न्याय र समानताका लागि प्रतिबद्ध भएर अघि बढ्ने उहाँको भनाइ छ।

घरदैलो कार्यक्रममा सहभागी स्थानीय अभिभावक तथा युवाहरूले अमित लामा आफ्नै गाउँका छोरा भएकाले विकास निर्माणको नेतृत्व गर्न सक्षम रहेको विश्वास व्यक्त गरेका छन्। उनीहरूले सूर्य चिन्हमा मतदान गरी विजयी गराउने प्रतिबद्धता समेत जनाएका छन्।

कार्यक्रममा समानुपातिक उम्मेदवार इन्द्र तामाङको पनि सहभागी भएका छन् ।। एमाले काभ्रे जिल्ला अध्यक्ष राजन भुर्तेलले काभ्रेमा एमालेको विरासत पुनः स्थापित गर्न कार्यकर्ता सक्रिय रूपमा परिचालित भएको र जनताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गर्नुभयो।

उम्मेदवार लामासँग एमालेका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रेशम लामा, पूर्व केन्द्रीय सदस्य तथा सांसद नविना लामा, नेकपा एमाले काभ्रेका पूर्व उपध्याक्ष एवं बगमती पदेशका पूर्व मन्त्री चन्द्र लामा, एमाले बागमती प्रदेश सदस्य राकेश लामा, जेनीस लामा, सागर रायमाझी, घनश्याम लामा, यूथ भोलिन्टियर बागमती सहसंयोजक आकाश लामा लगायत स्थानीय नेता–कार्यकर्ता सहभागी रहेको एमाले जिल्ला उपाध्यक्ष देबसागर लामाले जानकारी दिनुभयो।

यसैबीच, उम्मेदवार लामाले आफ्नै जन्मभूमिप्रति भावनात्मक अभिव्यक्ति दिँदै गाउँको विकास आफ्नो प्रमुख प्राथमिकता हुने बताउनुभयो। “म भोट माग्न मात्रै आएको होइन, यहाँका दुख–सुख सुन्न र गाउँका आशा तथा चुनौती बुझ्न आएको हुँ,” उहाँले भन्नुभयो।

उहाँले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा तथा युवाका लागि रोजगारी सिर्जना आफ्नो प्राथमिकतामा पर्ने स्पष्ट पार्दै अब गाउँको विकासका लागि एकजुट भएर अघि बढ्नुपर्ने समय आएको उल्लेख गर्नुभयो।

रोशी गाउँपालिका–९ बाट सुरु गरिएको घरदैलो कार्यक्रम निरन्तर जारी छ।

प्रकाशित मिति : २०८२, २९ माघ बुधबार  ११ : ४३ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय