२०८३, १८ जेष्ठ मंगलबार

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना


सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका मनोजजंग थापाको प्रचार प्रसारलाई व्यवस्थित बनाउन सिन्धुलीमा निर्वाचन क्षेत्रीय कार्यालयको आज स्थापना गरिएको छ ।
कमलामाई नगरपालिका वडा नं. ६ माढीबजारमा आज एमाले नेता कार्यकर्ताहरुले निर्वाचन परिचालन क्षेत्रीय कार्यालय स्थापना गरिएको प्रचार संयोजक कृष्णहरी घिमिरेले बताए । क्षेत्र नं. २ को सम्पूर्ण प्रचार प्रसारको काम यही कार्यालयबाट व्यबस्थित ढंगले सञ्चालन गरिने बताइएको छ ।
सिन्धुली क्षेत्र नम्बर २ मा वौद्धिक र शालिन उमेदवारका रुपमा जनस्तरमा परिचत थापाको प्रचार प्रसारका लागि पालिका र वडा कार्यालय स्तरमा निर्वाचन प्रचार प्रसारको काम व्यवस्थित तरिकाले अगाडि बढाउन लागिएको हो ।
यस अगाडि कमलामाई नगरपालिकाको सबै वडामा एमालेले निर्वाचन प्रचार कार्यालय स्थापना गरिसकेको छ भने सुनकोशी, ध्याङलेख, मरिण र हरिहरपुरगढी सबै वडाहरुमा प्रचार कार्यालय स्थापना गर्ने क्रम अन्तिम चरणमा पुगेको २ नम्बर क्षेत्र निर्वाचन परिचालन कमिटीका संयोजक एवम् एमालेकी केन्द्रीय सदस्य निरु दर्लामीले जानकारी दिइन् ।
पालिका स्तरिय निर्वाचन प्रचार प्रसार कार्यालय स्थापना गर्ने क्रममा सक्रिय रहेकी दर्लामीले २८ गते भित्र सबै पालिकामा वडा स्तरीय कार्यालयहरु सञ्चालनमा आइसक्ने बताइन् ।

प्रकाशित मिति : २०८२, २७ माघ सोमबार  ३ : ४५ बजे

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय

प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रिय स्वाभिमानमाथिको प्रहार’ भन्दै बारको कडा चेतावनी

काठमाडौं । नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको संसदमा गरिएको

वीरगंज महानगरका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ

पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई प्रहरीले पक्राउ