२०८३, ११ कार्तिक बुधबार

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना


सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका मनोजजंग थापाको प्रचार प्रसारलाई व्यवस्थित बनाउन सिन्धुलीमा निर्वाचन क्षेत्रीय कार्यालयको आज स्थापना गरिएको छ ।
कमलामाई नगरपालिका वडा नं. ६ माढीबजारमा आज एमाले नेता कार्यकर्ताहरुले निर्वाचन परिचालन क्षेत्रीय कार्यालय स्थापना गरिएको प्रचार संयोजक कृष्णहरी घिमिरेले बताए । क्षेत्र नं. २ को सम्पूर्ण प्रचार प्रसारको काम यही कार्यालयबाट व्यबस्थित ढंगले सञ्चालन गरिने बताइएको छ ।
सिन्धुली क्षेत्र नम्बर २ मा वौद्धिक र शालिन उमेदवारका रुपमा जनस्तरमा परिचत थापाको प्रचार प्रसारका लागि पालिका र वडा कार्यालय स्तरमा निर्वाचन प्रचार प्रसारको काम व्यवस्थित तरिकाले अगाडि बढाउन लागिएको हो ।
यस अगाडि कमलामाई नगरपालिकाको सबै वडामा एमालेले निर्वाचन प्रचार कार्यालय स्थापना गरिसकेको छ भने सुनकोशी, ध्याङलेख, मरिण र हरिहरपुरगढी सबै वडाहरुमा प्रचार कार्यालय स्थापना गर्ने क्रम अन्तिम चरणमा पुगेको २ नम्बर क्षेत्र निर्वाचन परिचालन कमिटीका संयोजक एवम् एमालेकी केन्द्रीय सदस्य निरु दर्लामीले जानकारी दिइन् ।
पालिका स्तरिय निर्वाचन प्रचार प्रसार कार्यालय स्थापना गर्ने क्रममा सक्रिय रहेकी दर्लामीले २८ गते भित्र सबै पालिकामा वडा स्तरीय कार्यालयहरु सञ्चालनमा आइसक्ने बताइन् ।

प्रकाशित मिति : २०८२, २७ माघ सोमबार  ३ : ४५ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता