२०८३, २० आश्विन बुधबार

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा


 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य काभ्रे १ का उम्मेदवार अमित लामाले महिलालाई अब पछाडि बस्ने होइन, अगाडि उठेर समाज र राष्ट्र निर्माणमा नेतृत्व लिन आह्वान गरेका छन्।

भेलामा सम्बोधन गर्दै उनले भने, “महिला संख्या मात्र होइन, शक्ति हौं। महिलाहरुको मेहनतले घर, खेत, बजार र समाज चलाइरहेको छ। महिलाहरू राष्ट्रका पहरेदार हुन्, देशका भविष्य हुन्। महिला उठ्यो भने, देश उठ्छ। परिवर्तन र अधिकार सुनिश्चित हुन्छ।”

अमित लामाले उपस्थित दिदीबहिनीहरूलाई आफ्नो शक्ति महसुस गर्न, एक अर्कामा विश्वास गर्न र चुप नबस्ने, उठेर परिवर्तन ल्याउने संकल्प गर्न आग्रह गरे। कार्यक्रममा महिलासम्मको व्यापक सहभागिताले महिलाको सशक्तिकरण र समानताको सन्देशलाई अझ प्रभावशाली बनाएको थियो। भेलाको आयोजना अखिल नेपाल महिला संघ काभ्रेले गरेका थिए ।

प्रकाशित मिति : २०८२, २६ माघ आईतबार  १ : ४७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको